About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
निति तथा कार्यक्रम पास गर्न प्रदेस सरकारलाई सकस, पक्षमा मतदान गर्न जसपाको ह्वीप

आवश्यक्ता परे कांग्रेसले पनि ह्वीप जारी गर्ने, जसपा महन्थ–राजेन्द्र पक्ष समर्थन जनाउने

खोज केन्द्र आइतबार, जेठ ३०, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेश २को प्रदेशसभामा प्रस्तुत भएको निति तथा कार्यक्रमको पक्षमा मतदान गर्न जनता समाजवादी पार्टी संसदीय दलले ह्वीप जारी गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले बोलाएको जसपा संसदीय दलको बैठकबाट नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी गरिएको हो । 

प्रदेश प्रमुख राजेश झाले जेठ २७ गते प्रदेशसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रम आज पारित गराउने तयारी गरिएको छ । आजै दिउँसो ३ बजे बस्न लागेको प्रदेशसभा बैठकमा निति तथा कार्यक्रम प्रदेशसभामा निर्णयार्थ प्रस्तुत गरिने प्रदेशसभा सचिवालयका सचिव रंजित यादवले जानकारी दिए । 

जसपा भित्रको असन्तुष्टिका कारण नीति तथा कार्यक्रम पारित नहुने आशंकाका बिच ह्वीप जारी गर्नु परेको जसपाका प्रमुख सचेतक शैलेन्द्र यादवले जानकारी दिए ।

यता जसपा महन्थ–राजेन्द्र पक्षका प्रदेशसभा सदस्य परमेश्वर साहले निति तथा कार्यक्रमको आफूहरुले समर्थन गर्ने जानकारी दिए । उनले निति तथा कार्यक्रमको विपक्षमा नजाने बरु पक्षमै मतदान गर्ने बताए । 

यता नेपाली कांग्रेस सरकारमा शामिल भएपछि केही प्रदेशसभा सदस्यहरु समेत असन्तुष्ट देखिएको श्रोतको दावी छ । यद्यपि नेपाली कांग्रेसका सबै प्रदेशसभा सदस्य पक्षमै मतदान गर्ने सचेतक उपेन्द्र कुश्वाहाले जानकारी दिए । उनले भने ‘आफ्ना सबै प्रदेशसभा सदस्यहरुलाई बैठकमा उपस्थित हुनका लागि भनेको छु, आवश्यक्ता पर्यो भने हामीले पनि ह्वीप जारी गर्नेछौँ ।’

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]