About Contact
०८ कार्तिक २०७७, शनिबार
Close
बिज्ञापन
नागरिकता बनाई दिन माग गर्दा खुकुरी प्रहार

खोज केन्द्र मंगलबार, पौष २२, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

सप्तरी । नागरिकता बनाई दिन माग गर्दा सप्तरी सदरमुकाम राजविराज नगरपालिका–१२ दमाबतीटोलकी २८ वर्षीया लक्ष्मी यादवमाथि मंगलबार दिउँसो उनकै पति महिनारायणले खुकुरी प्रहार गरी हत्या प्रयास गरेका छन् ।

लक्ष्मी तरकारी बारीतर्फ जाँदै गरेको अवस्थामा मोटरसाइकलमा आएका महीनारायणले तँ नागरिकता बनाइदिन भन्दै टेन्सन दिन्छस् भन्दै खुकुरी प्रहार गरेका हुन् ।खुकुरी प्रहारबाट लक्ष्मीको टाउको र घाँटीमा गम्भीर चोट लागेको छ ।

उनलाई स्थानीय गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । उनको टाउको र घाँटीमा ३६ वटा टाँका लगाइएको छ ।

अवस्था गम्भीर बन्दै गएपछि परिवारजनको आग्रहमा थप उपचारका लागि रेफर गरिएको उनको उपचारका संलग्न डा. प्रमोदकुमार यादवले जानकारी दिए ।लक्ष्मीको जिउभरसमेत निलडाम देखिएको छ ।

खुकुरी प्रहारबाट लक्ष्मी खेतमै ढलेपछि मरेको ठानेर महीनारायणले नजिकैको नहरमा खुकुरी फाली फरार भएका थिए । पूर्वप्रहरी समेत रहेका लक्ष्मीका पति महीनारायणले केही महिनाअघि मात्र दोस्रो विवाह गरका थिए ।

लक्ष्मीसँग विवाह भएको १० वर्षबढी भइसक्दा पनि नागरिकता बनाइ नदिएको तथा अर्को विवाह गरेपछि सशंकित बनेकी लक्ष्मीले पटकपटक नागरिकता बनाइदिन दबाब दिँदै आएकी थिइन् ।

यसबारे गाउँमा पटकपटक बसेको पञ्चायतमा महीनारायणले लक्ष्मीको नागरिकता बनाइदिने कबोल गरे पनि आलटाल गर्दै आएको स्थानीयले बताए । सोही विषयमा लक्ष्मीले मंगलबार पनि गाउँमा कुरा उठाउने तयारी गरिरहँदा आक्रोशित बनेका महिनारायणले हत्या प्रयास गरेको स्थानीयको भनाइ छ ।

घटनापछि फरार रहेका महीनारायणको खोजी कार्य तीव्र बनाइएको डीएसपी तिलक भारतीले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
प्रशासनको उर्दिका बबाजुद्व राजदेवी मन्दिरमा बलि दिईने
पूर्वराजा ज्ञानेन्द्रको सरकारलाई प्रश्न- जनताको अभिभावक खोई !
रअ प्रमुखले के के विषय उठाए ? मधेसवादीलाई दिएनन् भेट !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]