About Contact
११ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
विमानस्थलको अवलोकनमा पर्यटनमन्त्री उमाशंकर अरगरिया

खोज केन्द्र बुधबार, जेठ २६, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं : नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री उमाशंकर अरगरियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अवलोकन गरेका छन्। 

बुधबार दिउँसो मन्त्री अरगरिया मन्त्रालयका सचिव यादव कोइराला, नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक राजन पोखरेलसहित अवलोकनमा विमानस्थल पुगेका हुन्। 

मन्त्री अरगरियाको अवलोकनमा विमानस्थलका निर्देशक देवचन्द्रलाल कर्णसहित कर्मचारीको उपस्थिति थियो। अवलोकनको साथै बुधबार नै मन्त्री अरगरियाले विमानस्थलको नवनिर्मित आगमन कक्षको उद्घाटन गरेका छन्। 

मन्त्री अरगरियाले अवलोकनको क्रममा कर्मचारीलाई सेवा चुस्त दुरुस्त बनाउन निर्देशन दिएका छन्। कोरोना महामारीलाई ध्यानमा राखेर स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउनसमेत मन्त्री अरगरियाले निर्देशन दिएका छन्। 

‘हामी सेवाका लागि यो ठाउँमा आएका छौँ। पर्यटक र नागरिकलाई हामीले दिने सेवालाई चुस्त दुरुस्त बनाउनुपर्छ’, कर्मचारीलाई निर्देशन दिँदै मन्त्री अरगरियाले भने, ‘सेवा दिँदा कोरोना महामारीलाई ध्यानमा राखेर स्वास्थ्य–सुरक्षाका मापदण्ड पालना गर्ने कुरामा सदैव सचेत रहनुहोला।’ 

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]