About Contact
११ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
प्रदेस २ सरकारमा कांग्रेस र माओबादी सहभागी, आजै शपथग्रहण

खोज केन्द्र बुधबार, जेठ २६, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेश २ मा नेपाली कांग्रेस र माओवादी केन्द्र सरकारमा सहभागी हुने भएका छन्।  मुख्यमन्त्री कार्यालयको उच्च स्रोतका अनुसार केहीबेरमा शपथ गराउने तयारी भइरहेको छ।

स्रोतका अनुसार नेपाली कांग्रेसबाट तीनजना र माओवादी केन्द्रबाट दुईजना मन्त्रीसहित मन्त्रिमण्डल विस्तार गर्न लागिएको हो।

कांग्रेसका संसदीय दलका नेता रामसरोज यादव नेतृत्वमा तीन र माओवादीबाट संसदीय दलका नेता भरत साहको नेतृत्वमा दुई नेता सरकारमा सहभागी हुनेछन्।

यादवले भौतिक योजना मन्त्रालय पाउने सम्भावना छ। जनता समाजवादी पार्टी (जसपा) को ठाकुर-महतो पक्षका भौतिक योजना मन्त्री जितेन्द्र सोनललाई मुख्यमन्त्रीले हटाएपछि मन्त्रालय खाली छ।

बाँकी मन्त्रीलाई कुन मन्त्रालय दिने भन्ने तय हुन बाँकी रहेको छ। मुख्यमन्त्री कार्यालयमा अहिले मन्त्रालय भागबन्डाको विषयमा छलफल भइराखेको छ।

केही मन्त्रालय फुटाउने सहमति भएपनि कुन मन्त्रालय फुटाउने भन्ने टुंगो लागेको छैन।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]