About Contact
११ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
प्रदेस २: प्रदेशसभा बैठक अवरुद्ध

खोज केन्द्र मंगलबार, जेठ २५, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेश २मा प्रदेशसभा सदस्यहरुसंग समन्वय नगरी स्थानीय तहमा सशर्त अनुदानको बजेट पठाइएको भन्दै विपक्षी दलहरुले प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । 

प्रदेशसभा बैठक बस्नासाथ विपक्षी दलका प्रदेशसभा सदस्यहरुले सशर्त अनुदान स्थानीय पालिकाहरुमा समनव्य नगरी पठाइएको भन्दै बैठक अवरुद्ध गरेका हुुन् । विपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेका प्रदेशसभा सदस्यहरु प्रदेशसभामै बिरोध जनाउन थालेपछि सभामुख सरोजकुमार यादवले प्रदेशसभा बैठक १ घण्टाका लागि स्थगित गरेका छन् । 

एमालेका प्रदेशसभा सदस्य सुन्दरबहादुर विश्वकर्माले प्रदेशसभा सदस्यहरुसंग समन्वय गरी योजना छनौट गरेर अख्तियारी पठाउने निर्णय गरिए पनि सरकारले आफू खुशी योजना बनाएर सशर्त अनुदानको बजेट पठाइएकोमा आपत्ति जनाए । उनले भने ‘आफूहरुसंग योजना माग त गरियो तर ती सबै योजनालाई रद्दीको टोकरीमा फालेर प्रदेश सरकारले सशर्त अनुदान पठाएको आज मात्रै थाहा पाएँ ।’ प्रदेश सरकारले यस विषयमा ठोस जवाफ नदिएससम्म बैठक अवरुद्ध गर्ने उनले चेतावनी दिए । 

नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्र कुमार सिंहले योजना छनौट गर्नका लागि सिफारिश समिति बनाएर पनि हाम्रो योजना समावेश नगर्नु प्रदेशसभा सदस्यहरुको अपमान रहेको टिप्पणी गरे । उनले भने ‘सशर्त अनुदान अन्तर्गत न प्रदेशसभा सदस्यहरुले योजना बनाए, न पालिकाहरुले त कसले योजना छनौट गरे ।’ 

माओवादी केन्द्रका प्रदेशसभा सदस्य रामकुमार यादवले आफ्नो कार्यकर्ता पाल्ने अभिप्रायले सशर्त अनुदानको बजेटको समेत दुरुपयोग गरिएको आरोप लगाए ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]