About Contact
०३ जेठ २०७९, मंगलबार
Close
बिज्ञापन
महन्थ–राजेन्द्र पक्ष भन्छ : ढुक्क हुनुस जसपा हाम्रो हुन्छ !

पार्टी आधिकरताको निर्णय आउने प्रतिक्षामा छौँ

खोज केन्द्र सोमबार, जेठ २४, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेश २का मुख्यमन्त्री लालबाबु राउतले महन्थ–राजेन्द्र पक्षका मन्त्री तथा राज्यमन्त्रीहरुलाई बर्खास्त गरेपछि सोमबार बसेको प्रदेशसभा बैठकमा महन्थ–राजेन्द्र पक्षका प्रदेशसभा सदस्यहरुले बैठक बहिष्कार गरे । 

जसपाको उपेन्द्र यादव पक्षधर मुख्यमन्त्री राउतले महन्थ–राजेन्द्र पक्षलाई बाइपास गरी अन्य दलसंग गठबन्धन गर्न लागेको भन्दै बैठकको बहिष्कार गरे । पूर्व राजपा पक्षका प्रदेशसभा सदस्यहरु बैठक बसेर नै प्रदेशसभा बैठक बहिष्कार र सरकारको आगामी गतिविधिको आधार समर्थन वा बिरोध गर्ने निर्णय गरेको छ । 

बैठकमा सहभागी महन्थ–राजेन्द्र पक्षका जसपाका सचेतक परमेश्वर साहले तत्कालिन समाजवादी पार्टी र तत्कालिन राजपा पार्टी अस्तित्वमा नरहेको समयमा गुटगत हिसाबले मुख्यमन्त्री राउत अगाडी बढिरहेको आरोप लगाए । उनले पार्टी भित्र २ खेमा रहेपनि आधिकारितका लडाई सर्वोच्चसम्म पुगेको र सर्वोच्च अदालतबाट हाम्रै पक्षमा निर्णय आउने विश्वास व्यक्त गरे । हामी अहिले पार्टीको आधिकारिकता सम्बन्धमा आउने निर्णयको प्रतिक्षामा छौँ, साहले भने । 

उनले भने ‘अहिले मुख्यमन्त्रीजीका लागि हामीहरु प्रिय छैनौँ, कांग्रेस र माओवादी प्यारो भएको छ ।’ अगाडी भने ‘तर चिन्ता नगर्नुस सर्वोच्च अदालतको निर्णय हाम्रो पक्षमा आउनेमा विश्वस्त छौँ त्यसपछि पछाडी हट्नु पर्छ ।’

सम्बन्धित

ताजा अपडेट
धनुषाको धनौजी र नगराइनमा मतगणना स्थगित, धनौजी तनावग्रस्त, सेना परिचालन
क्षिरेश्वरनाथमा एमालेका उम्मेदबार सुखदेवको अग्रता
मुस्लिम आयोगका अध्यक्ष समिमको भूमिका शंकास्पद, तत्काल कारवाही गरः एमाले सचिव महासेठ

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]