About Contact
११ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
भौतिक मन्त्री सोनलद्वारा सुट्केस लिएर क्वाटर छोडे, समाजिक संजालमा चौतर्फी प्रशंसा

खोज केन्द्र सोमबार, जेठ २४, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेश नम्बर २ को भौतिक पूर्वाधार विकास मन्त्रीबाट हटेपछि जनता समाजवादी पार्टीका प्रभावशाली नेता जितेन्द्र सोनलले मन्त्री निवास छोड्का छन । निवास छोडेर जांदै गरेको तस्वीर समाजिक संजालमा चौतर्फी प्रशंसा सुरु भएको छ । 

आईतबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले जितेन्द्र सोनललाई भौतिक पूर्वाधार विकास मन्त्रीबाट बर्खास्त गरेको थियो । 

सोनल सहित अन्य तीनजना राज्यमन्त्रीलाई पनि मुख्यमन्त्री राउतले पदमुक्त गरेको थियो । 

जनता समाजवादी पार्टीको महन्थ, राजेन्द्रपक्षसँगको विवादपछि अध्यक्ष उपेन्द्र यादव जनकपुर आएर आफ्नो बहुमतको सरकारका चारजना मन्त्रीलाई बर्खास्त गरी नयाँ राजनीतिक समिकरणको खेलमा छ । मुख्यमन्त्रीको दावेदार समेत रहेका सोनल सत्ता समिकरण फेरबदल पछि भने सत्ताबाट बाहिरिएको हो । 

सरकारी  निवास छोडेपछि अहिले जनकपुरधामकै सिटी स्टार होटलमा बसेर राजनीतिक कार्यकर्ताहरुसँग भेटघाट गर्ने कार्यक्रम रहेको सोनलका स्वकीय सचिव रमेश सर्राफले जानकारी दिए । मन्त्री निवासबाट बाहिरिएपछि सोनल मोटरसाईकलमा होटल पुगेका हुन ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]