जसपाको केन्द्रको झगडाको असर प्रदेशसम्म
प्रदेश २ का नि वर्तमान भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले आफ्नो पद मध्यरातमा बर्खास्त भएकोमा सरप्राइज लागेको बताएका छन्। उनले भने, म त सुतिरहेको थे। समाचार आएपछि धेरै जनाले फोन गरे। औपचारिक रूपमा कुनै जानकारी आएको छैन।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आइतवार साँझ मन्त्री सोनलसहित भौतिक पूर्वाधार विकास राज्यमन्त्री डा. डिम्पल झा, समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डललाई पदमुक्त गरेका हुन्।
जसपाको केन्द्रको झगडाको असर प्रदेशसम्म स्पष्ट रुपमा पुगेको हो। बर्खास्तीमा परेका चारै जना अध्यक्ष महन्थ ठाकुर पक्षका हुन्। मुख्यमन्त्री राउत अर्का अध्यक्ष उपेन्द्र यादव पक्षका हुन्।
केन्द्रमा विवाद चुलिएका बेला प्रदेशमा मन्त्री बर्खास्त गरिएको हो। ठाकुर पक्ष केन्द्रमा केपी ओली नेतृत्वको सरकारमा सामेल हुँदा उपेन्द्र पक्षको विरोध छ। पार्टीका दुबै समूहले अहिले एक अर्कालाई कारबाही नै गरेका छन्।