About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
मेयर महतो र पूर्वमन्त्री आफ्नो जग्गाको मूल्य बढाउन ढल्केवरको ट्रामा सेन्टर सार्ने दाउमा

खोज केन्द्र बुधबार, जेठ १९, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

सरकारले धनुषाको मिथिला नगरपालिकाको ढल्केवरमा ट्रामा सेन्टर स्थापना गर्नकालागि बजेट छुट्टयाएपछि त्यहाँ राजनीति करण शुरु भएको छ । ढल्केबरमा ५ विघा जमिन रहदा पनि नेकपा एमालेका साँसद तथा पूर्व मन्त्री रघुविर महासेठ र मिथिला नगरपालिकाका मेयर हरिनारायण महतो आफ्नो जग्गाको मुल्यांकन बढाउनकालागि सो ट्रामा सेन्टर लालगढ लग्न लागेको हो ।

स्थानीयबासीहरुले जव यसको विरोध गरे त्यतिवेला मेयर महतोले जग्गा खोज्नुस ढल्केवरमै ट्रामा सेन्टर स्थापना गर्ने प्रतिवद्धता जनाएपनि माथिको दवाव रहेको भन्दै उनी लालगढ लग्न लागेको छ । स्रोतका अनुसार लालगढमा पूर्व मन्त्री महासेठको २ विघा र मेयर महतोको करिव एक विघा जमिनको छेउमा ट्रमा सेन्टर स्थापना गर्न लगेका छन् ।

सो ठाउँमा ट्रामा सेन्टर स्थापना भएपछि मान्छेको आवतजावत बढ्न थाल्ने र आफ्नो जग्गाको मुल्य अकाशिने भएको सो ठाउँमा ट्रामा सेन्टर स्थापना गर्न लागेको हो । हिजो ढल्केवरमा जग्गा नापी पनि भएको थियो तर, मेयर महतोमाथि पूर्व मन्त्री महासेठको दवाव बढीनै रहेको छ । हुनत ढल्केबर महासेठको निर्वाचनमा जिताउँन सवै भन्दा ठूलो भूमिका निर्वाह गरेका थिए तर, उनी आफ्नो नीजि स्वार्थका कारण ढल्केबरलाई बाईपास गरि लालगढ रोजेका छन् ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]