About Contact
११ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
भुक्तानी माग्दै कमला नदी नियन्त्रण कार्यालय घेराउ

अर्थ मन्त्रालयले बदमासी गरेको आरोप

खोज केन्द्र मंगलबार, जेठ १८, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

कमला नदीले बाढीको मौसममा क्षति पुर्याउन थालेपछि त्यसका नियन्त्रणका लागि विभिन्न उपभोक्ता समितिहरुले गरेको कामको भुक्तानी हुन नसकेपछि आन्दोलित भएका छन् । 

कमला नदी नियन्त्रण आयोजना कार्यालयको कार्यादेशमा धनुषा, सिरहा र सिन्धुली जिल्लाका विभिन्न उपभोक्ता समितिले तटबन्ध निर्माण, तार जाली लगाउने लगायतको गरेका कामहरुको भुक्तानी हुन सकेको छैन । भुक्तानीको माग गर्दै १७ उपभोक्ता समितिका अध्यक्षहरुले मंगलबार कार्यालय अगाडी धर्ना दिएका छन् । 

काम गरिसकेपनि कार्यालयले भुक्तानी गर्न नमानेपछि आफूहरुलाई बाध्य भएर धर्नामा बस्न परिररहेको एक उपभोक्ता समितिका अध्यक्ष पुष्पेन्द्र कुसियैतले बताए । बिना करारको कार्यालयकै विश्वासको भरमा आफूहरुले काम गरेकाले यस्तो अवस्थाको श्रृजना भएको उनले बताए । 

कमला नदीका कारण आउने बाढीको जोखिम न्यूनीकरणका लागि तीनै जिल्लाको हथमुण्डा, हरिने, दूधौली, डकाहा, चिकना, पटेर्वा, निदैना, बन्दीपुर, चिसापानी लगायतको स्थानमा तटबन्ध निर्माण, तारजाली लगाउने लगायतका कार्यहरु गरिएको छ । 

यता कार्यालय प्रमुख एकराज भट्टराइले अर्थ मन्त्रालयले ढिलो गरेर कार्यक्रमको स्वीकृति दिएका कारण भुक्तानीमा समेत केही ढिलाई हुने बताए । 

उनले जलश्रोत तथा सिचाई विभाग र उर्जा जलश्रोत तथा सिँचाई मन्त्रालयले माघ महिनामै कार्यक्रम स्वीकृतिका लागि भनेपनि वैशाख १० गते मात्रै अर्थ मन्त्रालयबाट कार्यक्रम स्वीकृत भएकाले भुक्तानीका लागि केही कुर्नै पर्ने स्थिति रहेको बताए ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]