About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
राष्ट्रिय महिला अधिकार दिवस: महिलाबाटै महिला हिंसा

खोज केन्द्र आइतबार, जेठ १६, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

तेस्रो राष्ट्रिय महिला अधिकार दिवस ‘महिलाको सुरक्षा र अधिकार, संकटकालीन व्यवस्थापन हाम्रो सरोकार’ भन्ने नाराका साथ मनाइएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा सातै प्रदेशबाट एक एक जना उत्कृष्ट महिला उद्यगीलाई राष्ट्रपति महिला उद्यमी समुन्नति पुरस्कारको निम्ति नाम घोषणा गरिएको थियो । पुरस्कृतहरुलाई महिला मन्त्रालयले अनुकूल समयमा विशेष कार्यक्रमको आयोजना गरेर १ लाख नगदसहित कदर पत्र प्रदान गर्ने बताइएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दिनुभएको शुभकामना सन्देशमा लैगिक समानता तथा महिला अधिकार सुनिश्चितताको लागि लामो समयदेखि भएका संघर्षहरुलाई आजको दिनले सम्मान र पहिचान गरेको बताउनुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले महिलामाथि हुने कुनैपनि किसिमका हिंसा सह्य नहुने भएकाले सरकार त्यसतर्फ चनाखो रहेको बताउनुभएको छ ।

महिला बालबालिका तथा जयेष्ठ नागरिक मन्त्री जुली महताले महिलामाथि हुने हिंसामा कतिपय अवस्थामा महिलाहरु नै संलग्न हुनुलाई गम्भीर रुपमा लिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगकी अध्यक्ष कमला पराजुलीले देशमा लैगिक हिंसा विकराल सामाजिक रोगको रुपमा बढ्दै र फैलिँदै गएकोले हिंसा नियन्त्रणमा राज्यले अवलम्बन गरेका कानुनी व्यवस्थाहरु निरर्थक रहेको बताउनुभयो ।

नेपाली महिलाको अधिकारलाई नीतिगत र कानुनीरुपमा सुनिश्चित गर्ने आधार संसदबाट निर्माण गरिएको सोही दिनका स्मरणस्वरुप जेष्ठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवसको रुपमा मनाउन थालिएको हो ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]