About Contact
११ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
प्रदेश २: छलफल नै नगरी बजेट अधिवेशन आह्वान गर्ने तयारी, सदस्यहरुको आपत्ति

खोज केन्द्र आइतबार, जेठ १६, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

संघ सरकारले शनिबार आर्थिक वर्ष २०७८÷०७९ को बजेट ल्याएसंगै प्रदेश सरकारहरु समेत बजेट ल्याउने तयारीमा जुटेको छ । 

प्रदेश २ सरकार समेत आगामी आर्थिक वर्षको निति तथा कार्यक्रम र बजेट ल्याउने तयारीमा लागि परेको छ । यद्यपि अहिलेसम्म प्रदेश सरकारले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न सकेको छैन । हुनत प्रदेश सरकारले असार १५ गते भित्र प्रदेशको बजेट ल्याउने संवैधानिक व्यवस्था रहेकाले पर्र्याप्त समय रहेको भन्दै निति तथा कार्यक्रम ल्याउनुका साथै बजेट ल्याउने तयारी भईरहेको दावी गरेको छ । 

प्रदेश २का आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवका अनुसार मन्त्रीपरिषदको बैठक बसेर चालु अधिवेशन अन्त्य गरी बजेट अधिवेशन आह्वान गर्ने तयारी भईरहेको छ । उनले भने ‘सोमबार मन्त्रीपरिषदको बैठक बस्दैछ, चालु अधिवेशन अन्त्य गरेर बजेट अधिवेश आह्वान गरिने छ ।’

प्रदेशसभाको बैठक बस्न नसक्दा आउने निति तथा कार्यक्रम र बजेटको विषयमा कुनै जानकारी नरहेको भन्दै प्रदेशसभा सदस्यहरुले समेत प्रदेश सरकारको आलोचना गरेका छन् । बाध्यात्मक स्थितिमा गत चैत ३० गते बसेको बैठक वैशाख १० गतेपछि फेरी बस्न सकेन । 

प्रदेशसभाका कर्मचारीमा कोरोना संक्रमणको पुष्टी भएपछि प्रदेशसभाको पाँचौ अधिवेशनको बैठकहरु अनिश्चितकालका लागि स्थगित गरिएको थियो । 

प्रदेशसभा सदस्य मञ्जु यादवले प्रदेशसभाका कोरोना संक्रमित कर्मचारी निको भएर घर फर्केको कयौँ दिन भईसकेको छ तर जसपा भित्रको आन्तरिक किचलोका कारण प्रदेशसभाको बैठक समेत अन्यौलतामा पुगेको छ । उनले भनिन् ‘जसपाको आन्तरिक किचलोका कारण प्रदेशसभा बैठक बस्न दिइएको छैन, जबकि निति तथा कार्यक्रम, बजेट, विभिन्न महत्वपूर्ण प्रस्ताव माथी छलफल गर्नुपर्ने छ ।, प्रदेशसभा सदस्य यादवले अगाडी भनिन् ‘फेरी हतार हतारमा निति तथा कार्यक्रम ल्याइने छ , बिना छलफल ल्याइएका निति तथा कार्यक्रम कसैको भलो गर्दैन ।’ 

उनले हामीलाई अझै पनि निति तथा कार्यक्रममा कस्ता कस्ता विषयहरु समेटिनु पर्ने हो यसका लागि नबोलाइनु दुःखद हो । 

अर्का प्रदेशसभा सदस्य सुरिता साहले समेत निति तथा कार्यक्रम ल्याउनु अघि गरिने छलफलमा शामिल नगराइएकोमा आपत्ति जनाएकी छिन् । उनले भने ‘जस्तो सुकै विषय परस्थिति होस निति तथा कार्यक्रम ल्याउने पर्छ, तर न अहिलेसम्म यस विषयमा हामीलाई जानकारी गराइएको छ न त छलफलमा शामिल नै गराइएको छ ।’ प्रदेशको हितमा केन्द्रित रहेर निति तथा कार्यक्रम ल्याउनका लागि बढीभन्दा बढी प्रदेशसभा सदस्यहरुसंग भर्चुअल नै भएपनि छलफल हुनु आवश्यक रहेको प्रदेशसभा सदस्य साहको भनाई छ । 

निति तथा कार्यक्रम तयार पार्न निति तथा योजना आयोग छलफलमा व्यस्त

प्रदेश सरकारले बजेट अधिवेशनको आह्वान गर्ने तयारी गरिरहँदा प्रदेश निति तथा योजना आयोगले निति तथा कार्यक्रम तयार पार्नका लागि छलफललाई तीव्रता दिएको छ । 

प्रदेश सरकारको प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले जेठको अन्तिम साता प्रदेशसभामा निति तथा कार्यक्रम प्रस्तुत हुने जानकारी दिए । 

यता प्रदेश निति तथा योजना आयोगका उपाध्यक्ष भोगेन्द्र झाले निति तथा कार्यक्रम तयार पार्नका लागि विभिन्न दल तथा मन्त्रीहरुसंगको छलफललाई तीव्रता दिइएको बताए । अहिले महामारीको समयमा बढीभन्दा बढी प्रदेशसभा सदस्यहरुसंग छलफल गर्नु सम्भव नरहेकाले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको नेता तथा मन्त्रीहरुसंग छलफल गरेर उत्कृष्ट निति तथा कार्यक्रम ल्याउने प्रयासमा रहेको उनको भनाई छ । 

निति तथा योजना आयोगका उपाध्यक्ष झाका अनुसार सबै मन्त्रालयहरुले आ–आफ्ना कार्यक्रमहरु आयोगमा पठाइ सकेको र ती सबैलाई कम्पाइल्ड गरेर तयार पार्ने काम भईरहेको छ । उनले भने ‘ मन्त्रालयहरुले आफ्नो कार्यक्रमहरु पठाई सकेको छ, दलका नेताहरुसंग समेत छलफल भई सकेको छ अब हामी यसलाई अन्तिम रुप दिनमा लागेका छौँ । ’

यस पटकको निति तथा कार्यक्रम स्वास्थ्य क्षेत्रमा बढी केन्द्रित हुनुका साथै, कृषि, रोजगार श्रृजना, शिक्षामा मुख्य रुपमा केन्द्रित रह्ने उनले बताए । 

नेपाली कांग्रेस प्रदेश २को संसदीय दलका नेता रामसरोज यादवले आगामी निति तथा कार्यक्रमका लागि आफूसंग छलफल गरिएको जानकारी दिदै यस पटकको निति तथा कार्यक्रम उत्पादनमुखी हुनु पर्नेमा जोड दिए । उनले भने ‘पछिल्लो वर्षको निति तथा कार्यक्रम र बजेट वितरणमुखी रहेको थियो तर यस पटक त्यो दोहरिदैन भन्ने अपेक्षा गरेको छु र सल्लाह सुझाव समेत दिएको छु ।’

माओवादी केन्द्र संसदीय दलका नेता भरतपप्रसाद साहले समेत आउने निति तथा कार्यक्रम र बजेट कोभिड रोकथाम तथा नियन्त्रण र त्यसबाट उत्पन्न प्रतिकुल असरको निर्मूल गर्न तर्फ केन्द्रित हुनु पर्नेमा जोड दिए ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]