About Contact
०३ जेठ २०७९, मंगलबार
Close
बिज्ञापन
बजेटप्रति प्रदेस २ मा असन्तुष्टी

खोज केन्द्र आइतबार, जेठ १६, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

संघीय सरकारले ल्याएको बजेटको बारेमा प्रदेश नम्बर २ मा व्यापक आलोचना भएको छ । बजेटलाई एमालेकरण गरि चुनावी वितण्डा मचाउनका लागि राज्य सत्ताको दुरुपयोग गरेको भन्ने सम्मको आरोप कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको आलोचना हुन थालेको छ ।

संघीय सरकारले ल्याएको बजेट वितरणमुखी र आमजनतालाई भ्रममा राखेर  निर्वाचन केन्द्रित गरि सस्तो लोकप्रियताका साथ भोट बैंक तयारी गर्ने प्रयास गरिरहेको टिप्पणी प्रदेश सरकारको छ ।

प्रदेश सरकारको प्रवक्ता तथा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादवले निर्वाचनलाई प्राथमिकतामा राखेर ल्याइएको बजेट ऋणात्मकमुखी ऋण काढेर ल्याइने जस्ता कुराहरु गरेर जनतालाई ठग्ने कार्य गरेको बताए ।

मन्त्री ज्ञानेन्द्रकुमार यादवले निर्वाचनपूर्व नेकपा एमालेले आफ्नो चुनावी दस्तावेजमा वृद्धभत्ता ५ हजार रुपैयाँ दिने उल्लेख गरेपनि ३ वर्षदेखि संघीय सरकारको कार्यकाल गर्दै आएको केपी शर्मा ओलीको सरकारले फेरी चुनावको घोषणा गरेको बेलामा ल्याएको बजेटले वृद्धवृद्धा जनतालाई समेत ठग्ने कार्य गरेको बताए । उनले चुनावी घोषणामा ५ हजार रुपैयाँ उल्लेख गरेर ४ हजार रुपैयाँ मात्र दिई संघीय सरकारले ठग्ने कार्य गरेको बताए । उनले ऋण लिनुपूर्व ल्याइएको बजेट दिर्घकालिन नभई होचुवाको भरमा ल्याइएको बजेट रहेको टिप्पणी गरे ।

आर्थिक वर्षको अन्तिम समयमा निर्वाचनलाई मध्यनजर गर्दै ल्याएको बजेटलाई ओली सरकारले एमालेकरण गरि दुरुपयोग गर्ने चेष्टाको रुपमा समेत मन्त्री यादवले अथ्र्याए । उनले अध्यादेशबाट बजेट आएकोले निर्वाचनसम्ममा ६ महिने अवधि आफै समाप्त हुने बताए । उनले भने– बजेटमा केहि राम्रो गर्न खोजेको जस्तो देखिएपनि कामचलाउ सरकारको आयूमा सेमत ग्रहण लागेको बेलामा अध्यादेश मार्फत बजेट आउनु दुःखद हो । उनले देशलाई समृद्ध पार्ने नभई भोट बैंक बनाउनका लागि बजेट ल्याएको दावी समेत गरे ।

प्रा.डा. सुरेन्द्र लाभले निर्वाचनलाई मध्यनजर गर्दै लोकरिझाउने खालका बजेट आएको टिप्पणी गरे । उनले संघीय सरकारको आयु कति दिनको हुने हो त्यो महत्वपूर्ण विषय छ ।

संघीय सरकारले ल्याएको बजेट हेर्दा निर्वाचन हुन्छ भन्ने कुरामा ढुक्क देखिएको छ । त्यसैले निर्वाचन हुनुपूर्व नै सबैलाई खुसी पार्ने कार्य गर्न चाहेको समेत उनले बताए ।

आगामी निर्वाचनसम्म मात्र बजेटको आयु रहेकाले अध्यादेशबाट ल्याइने बजेटको आकार यति ठूलो नहुनुपर्ने उनको भनाई छ ।

सरकारको आयु अनिर्णित रहेको र अध्यादेशबाट बजेट ल्याइएको हुनाले यस बजेटको आयू ६ महिनामात्र उनले बताए । उनले भने– त्यसैले आउने समयमा बजेट लागू हुन्छ वा हुँदैन भन्ने कुरा पनि त्यतिकै महत्वपूर्ण छ ।

उनले अघि थप्दै भने– सामान्य अवस्थामा बजेट कार्यान्वयन फितलो भइरहेको बेला कोरोना महामारीको बेलामा ल्याइएको बजेट कार्यान्वयनमा थप समस्या हुने देखिन्छ । त्यसैले सरकारले पपुलर बजेट ल्याए पनि कार्यान्वयन पक्ष भने टुहुरो हुने सम्भाव्यता रहेको उनले व्यक्त गरे ।

त्यस्तै आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादवले अध्यादेश मार्फत ल्याइएको बजेट अलोकतान्त्रिक र असंवैधानिक रहेको टिप्पणी गरेका छन् । उनले भने– अध्यादेश मार्फत आएको बजेटको दिर्घकालिन नरहेको र निर्वाचनसम्ममा यो बजेट स्वतः खारेज हुने भएकाले यस बजेटको अर्थ खासै छैन ।

सम्बन्धित

ताजा अपडेट
धनुषाको धनौजी र नगराइनमा मतगणना स्थगित, धनौजी तनावग्रस्त, सेना परिचालन
क्षिरेश्वरनाथमा एमालेका उम्मेदबार सुखदेवको अग्रता
मुस्लिम आयोगका अध्यक्ष समिमको भूमिका शंकास्पद, तत्काल कारवाही गरः एमाले सचिव महासेठ

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]