About Contact
०३ जेठ २०७९, मंगलबार
Close
बिज्ञापन
प्रदेश १ र २ मा भारी वर्षाको सम्भावना

पहिरो, बाढी र जमिन कटानबाट बच्न आग्रह

खोज केन्द्र आइतबार, जेठ १६, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं । चक्रवात यास् पश्चिमउत्तर–पश्चिम सर्ने क्रममा कमजोर भई बनेको न्यून चापीय क्षेत्रको प्रभाव कायम छ । हाल देशका अधिकांश भू–भागमा सामान्य बदली रहेको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका केही स्थान र अन्य प्रदेशहरुका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

प्रदेश १ को तराई भू–भागमा र प्रदेश २ को थोरै स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, प्रदेश २ वाग्मती प्रदेशका केही स्थानमा तथा बाँकी पहाडी प्रदेशको केही स्थानमा मेघगर्जन/चट्याङ्ग र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र प्रदेश २ का केही  स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागजले जनाएको छ ।

देशका केही स्थानमा मेघगर्जन/चट्याङ्ग र हावाहुरीसहित भारी वर्षाको सम्भावना रहेको र लामो समय वर्षा भएकाले  हिलेभीरपाखा, पहिरो, बाढी र जमिन कटान हुनसक्ने भन्दै यसबाट बच्न÷बचाउन र आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
धनुषाको धनौजी र नगराइनमा मतगणना स्थगित, धनौजी तनावग्रस्त, सेना परिचालन
क्षिरेश्वरनाथमा एमालेका उम्मेदबार सुखदेवको अग्रता
मुस्लिम आयोगका अध्यक्ष समिमको भूमिका शंकास्पद, तत्काल कारवाही गरः एमाले सचिव महासेठ

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]