About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
कोरोना उपचार सहज गर्न उच्च अदालत जनकपुरको आदेश

खोज केन्द्र शुक्रबार, जेठ १४, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

देशैभरी कोरोना संक्रमण फैलिरहेको समयमा उच्च अदालत जनकपुरले प्रदेश २को मुख्यमन्त्री कार्यालय र प्रादेशिक अस्पताल जनकपुरधामलाई बिरामीको उपचारमा हेलचेक्र्याई नगर्न आदेश दिएको छ । 

अधिवक्ता राजकुमार महासेठले नागरिकले सहज स्वास्थोपचारको माग गर्दै मुख्यमन्त्री कार्यालयलाई विपक्षी बनाई दिएको रिटमाथि सुनुवाई गर्दै उच्च अदालत जनकपुरले प्रादेशिक अस्पताल जनकपुर लगायतका अस्पतालहरुमा बिरामीको उपचारमा लापरवाही नगर्न आदेश दिएको हो ।  

उच्च अदालत जनकपुरका न्यायधिश डालकुमार खडकाको एकल ईजलाशले पीपीई, अक्सिजन, भेन्टिलेटर, मास्क, औषधी आदि हुँदा हुँदै अस्पतालमा भर्ना नलिई निजि अस्पतालमा रेफर नगर्न भनेको छ । 

यसका साथै अदालतले प्रादेशिक अस्पतालमा कोभिडका बिरामीका लागि कति बेड छुट्याइएको छ, कति र कुन स्तरका स्वास्थ्यकर्मी व्यवस्थापन गरिएको छ, अस्पतालले दैनिक कति बिरामीको उपचार गर्दै आईरहेको छ, कति बिरामी कोभिडको उपचार गरेर संक्रमण मुक्त भएका छन् लगायतका विवरण प्रत्येक हप्ता बुझाउन समेत भनेको छ । 

अदालतले मागेका विवरणसहित प्रदेशको मुख्यन्यायधिवक्ताको कार्यालय वा सरकारी वकिलको कार्यालय मार्फत १५ दिन भित्र अदालतमा बुझाउनका लागि आदेश दिएको हो ।

हेर्नुस निर्णय :

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]