About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
जनकपुरमा उपेन्द्र–बाबुराम, देउवा र प्रचण्डको पुतला दहन

खोज केन्द्र मंगलबार, जेठ ११, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

‘तराईको खुसी देख्न नसक्नेहरु विरुद्ध’ भन्दै तराईका विभिन्न ठाउँमा प्रदर्शन गरिएको छ ।

तराईका विभिन्न ठाउँमा नेताहरु उपेन्द्र यादव, डा. बाबुराम भट्टराई, शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल लगायतका नेताहरु विरुद्ध प्रदर्शन भएको हो । 

सरकारले जारी गरेको नागरिकता अध्यादेशको विरोध गरेको भन्दै ती नेताहरु विरुद्ध प्रदर्शन गरिएको बताइएको छ । 

आज धनुषाको जनकपुर धाममा ती नेता तथा उनीहरु सम्वद्ध पार्टीले तराईको खुसी देख्न नसकेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका हुन् । स्थानीयको विरोध प्रदर्शनमा नेकपा एमाले सम्वद्ध राष्ट्रिय युवा संघले अगुवाई गरेको छ । प्रदर्शनमा नेताहरुको पुत्ला प्रदर्शन गरिएको थियो । 

युवा संघ धनुषाका कार्यकर्ता सुजित यादवका अनुसार तराईको समस्या हल गर्ने गरी आएको नागरिकता अध्यादेशबाट स्थानीयवासीमा उल्लास छाएको छ । 

स्थानीयको उल्लासमा ग्रहण लाग्ने गरी उपेन्द्र, बाबुराम, देउवा, प्रचण्ड, माधवहरुले विरोध गरेकाले उनीहरु विरुद्ध प्रदर्शन गरिएको हो । 

तराईका विभिन्न जिल्लामा दीप प्रज्वलन गरी नागरिकता विधेयकको स्वागत गरिएको छ । 

उता, जनता समाजवादी पार्टीको उपेन्द्र गुट, नेपाली कांग्रेस, माओवादी केन्द्र, माधव नेपालको गुटले भने अध्यादेशको विरोध गरेको छ । 

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]