प्रदेस २ सरकार तथा समाजिक मन्त्रालय सुतेको अवस्थामा महिला बालबालिका तथा जयेष्ठ नागरिक मन्त्री जुली महताले प्रयासमा कोरोनाका लागि प्रदेस २ लाई २ लाख एन्टिजेन किट पठाउन लागिएको छ ।
संघिय सरकार प्रदेश २ मा कोरोना नियन्त्रणका लागि हरसम्भव प्रयास गरिरहेको बताउंदै मन्त्री महतोले भनिन- आज मात्रै स्वास्थ्य मन्त्री हृदयश त्रिपाठीसंग कुरा भयो, ‘प्रदेश २ मा एकै पटक दुई लाख एन्टिजेन किट पठाउने निर्णय भएको छ ।’
कोरोना संक्रमण गाँउ सम्म फैलिएकाले परिक्षण दायरा बढाउन प्रदेश २ मा विशेष प्याकेजको निर्णय भएको मन्त्री महतोको स्वकीय सचिव सन्जित मण्डलले बताए । उनले भने- प्रदेस सरकारलाई समेत कोरोना नियन्त्रण मा लाग्न भनिएको छ, यद्पी प्रदेस २ का समाजिक मन्त्री नवल किशोर साह खासै चासो देखाएन्न । त्यसैले जनताको रक्षाका निमित संघ सरकारबाटै आवश्यक सामग्री पठाउंदै छौं ।
‘व्यक्ति ठुलो कुरो होइन यो विषम परिस्थितीको समाधान चानचुन निर्णयले हुन्न ।’ मन्त्री महतोले भनिन – मुलुकको राजनितिमा पछिल्ला घटनाहरु र त्यसमा प्रधानमन्त्री केपी ओलीद्वारा लिएका अडान र चट्टानी निर्णयले यस परिस्थितीको समाधान गर्ने उत्तम नेतृत्व ओली नै रहेको छ ।
सुरु देखिको विपक्षीको घोचपेच, विदेशी हस्तक्षेप र षडयन्त्रहरुका बाबजुद विरामी अवस्थामा पनि परिस्थतीलाई चिर्दै प्रधानमन्त्री ओलीले देखाएको शाहस सराहनिय रहेको उनको तर्क छ ।