About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
रास्ट्रपतिले नेताहरुलाई यस्तो भन्नुभयो:-

खोज केन्द्र शुक्रबार, जेठ ०७, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

राष्ट्रपतिले आव्हान गरेको साँझ ५ बजेको समयसीमाभित्र धारा ७६ को उपधारा ५ बमोजिम सरकार गठनका लागि दुई जनाको दावेदारी परेको छ ।

काँग्रेस सभापति शेरबहादुर देउवाले १४९ जना सांसदको हस्ताक्षरसहित राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रधानमन्त्रीमा आफ्नो दावी प्रस्तुत गर्नुभएको छ । उहाँदावी प्रस्तुत गरेर केही बेरअघि शीतलनिवासबाट बाहिरिनुभएको छ ।

७६ (३) बमोजिम विश्वासको मत लिनसक्ने आधार देखिएन भनेर आफैंले ५ मा जाने निर्णय गर्ने अनि अहिले मसंग बहुमत छ भनेर दावी तेर्स्याउने ? यो पनि कुनै नैतिकता हो ?

प्रधानमन्त्री केपी ओलीले पनि पुन: प्रधानमन्त्रीमा दावी प्रस्तुत गर्नुभएको छ । ओलीको आफ्नो पक्षमा १५३ सांसद रहेको दावी छ । ओलीको दावेदारीमा सांसदहरुको हस्ताक्षर प्रस्तुत गरिएको छैन । पार्टीको लेटरहेडमा दलको तर्फबाट बहुमतको समर्थन मात्र भनिएको छ ।

राष्ट्रपतिको निर्णयको प्रतिक्षा भैरहेका बेला माओवादी केन्द्रकी सांसद पम्फा भुसालले आफूहरुको दावेदारी नै बलियो भएको बताउनुभएको छ । प्रत्येक सांसदको हस्ताक्षरसहित सरकारमा दावी गरिएको र संविधानअनुसार निर्णय गर्न राष्ट्रपतिलाई आग्रह गरेको उहाँले बताउनुभयो । राष्ट्रपतिले संविधानको भावनाविपरित गएर निर्णय गरे मुलुकमा फेरि अर्को संकट उत्पन्न हुने उहाँको भनाइ छ ।

‘माधव नेपाल,उपेन्द्र यादव जो सशरीर राष्ट्रपतिको अगाडि हामीसँग हुनुहुन्छ उहाँहरुलाई पनि यहीँको यहीँ आफूतिर गणना गरी बहुमत पुर्याएँ भनेर पनि हुन्छ ?’

राष्ट्रपतिले तपाइँहरुलाई के भन्नुभयो भन्ने प्रश्नमा जसपा अध्यक्ष उपेन्द्र यादवले दुवैको दावी अध्ययन गरेर निर्णय गर्ने बताएको जानकारी दिनुभयो ।

‘प्रधानमन्त्रीले पनि १५३ जनाको समर्थन छ भन्ने दावी बुझाएर जानुभएको छ । तपाईंहरु पनि आउनुभयो । मैले हेर्छु र महान्यायाधिवक्तालगायत विज्ञहरुको पनि सल्लाह लिएर निर्णयमा पुग्छु’, राष्ट्रपतिको भनाइ उद्धृत गर्दै यादवले भन्नुभयो ।

उहाँले ओलीलाई फेरि नियुक्त गर्ने राष्ट्रपतिसँग संवैधानिक र नैतिक आधार नभएको दाबी गर्नुभयो । ‘७६ (३) बमोजिम विश्वासको मत लिनसक्ने आधार देखिएन भनेर आफैंले ५ मा जाने निर्णय गर्ने अनि अहिले मसंग बहुमत छ भनेर दावी तेर्स्याउने ? यो पनि कुनै नैतिकता हो ?’, उहाँले भन्नुभयो, ‘अघि दिउँसो मात्रै पनि उहाँ (प्रधानमन्त्री) ले बहुमत पुर्याएर जान हामीलाई चुनौति दिनुभएको होइन ?’

काङ्रेस नेता कृष्ण सिटौलाले ७६ को ५ अनुसार सरकारमा दावी प्रस्तुत गर्दा सांसदहरुको हस्ताक्षर ओलीले देखाउन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘माधव नेपाल, उपेन्द्र यादव जो सशरीर राष्ट्रपतिको अगाडि हामीसँग हुनुहुन्छ उहाँहरुलाई पनि यहीँको यहीँ आफूतिर गणना गरी बहुमत पुर्याएँ भनेर पनि हुन्छ ?’ कथं षड्यन्त्र गरेर ओलीलाई नै नियुक्त गरिए पनि १ महिनाभित्र विश्वासको मत लिन नसक्ने उहाँको ठहर छ ।

यता, कानुनविद्हरुले पनि धारा ७६ (५) ले दललाई नभई सांसदलाई मात्रै चिन्ने हुँदा ओलीको दावेदारी संविधानले नचिन्ने बताएका छन् । ओलीले एमालेका सबै १२१ जना र जसपाका ३२ जना सांसदको आफूलाई समर्थन रहेको दलीय आधार देखाएर प्रधानमन्त्रीमा दाबी गर्नुभएको थियो ।

तर, जसपाका १२ र एमालेका २७ सांसदले देउवाको पक्षमा हस्ताक्षर गरेका छन् ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]