About Contact
०३ जेठ २०७९, मंगलबार
Close
बिज्ञापन
महन्थ ठाकुरको घुमाउरो जवाफ, ‘सम्भावना र सपनाहरु हुन्छ’

खोज केन्द्र शुक्रबार, जेठ ०७, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं । जनता सवाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले अप्रत्यक्षरुपमा प्रधानमन्त्री बन्ने इच्छा व्यक्त गरेका छन् ।

वैकल्पिक सरकारको चर्चा आएसँगै ठाकुरको नाम प्रधानमन्त्रीका लागि चर्चामा आइरहेको बेला आफ्नो पनि इच्छा र सपना भएको बताएका हुन् ।

शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बाहिर चर्चा भएजस्तो आफूलाई प्रधानमन्त्रीका लागि प्रस्ताव नआएको बताए । तर, यदि प्रस्ताव आएमा आफू प्रधानमन्त्री बन्न तयार रहेको आशय व्यक्त गरे । पत्रकारहरुको एक प्रश्नमा उनले भने, ‘सम्भावनाहरु हुन्छ, सपनाहरु पनि हुन्छ ।’

जसपाका उपेन्द्र यादव पक्षका नेताहरुले समेत ठाकुरलाई प्रधानमन्त्री बनाउन प्रस्ताव गरेका छन् भने नेपाली कांग्रेस र माओवादी केन्द्र पनि त्यसमा सकारात्मक देखिएको छ । तर, यसबारेमा उनले स्पष्ट धारणा व्यक्त गरेका छ्रैनन । अध्यक्ष ठाकुरले वैैकल्पिक सरकारको गठनको चर्चा भएसँगै आफूलाई परिस्थितिजन्य काममा इच्छा नभएको बताउँदै आएका छन् ।

दलहरुले मागहरु सम्बोधन गर्ने सहमति गरे तपाइँको नेतृत्वमा सरकार बन्दैन र भन्ने प्रश्नमा ठाकुरले वर्तमान सरकारले पनि सम्बोधन गरिरहेको बताए । उनले भने, ‘अदालतमा विचाराधीन मुद्दाहरुमा पनि छलफल भइरहेको छ । जे हुन्छ, कानुन, विधि अनुसार नै हुन्छ ।’

सम्बन्धित

ताजा अपडेट
धनुषाको धनौजी र नगराइनमा मतगणना स्थगित, धनौजी तनावग्रस्त, सेना परिचालन
क्षिरेश्वरनाथमा एमालेका उम्मेदबार सुखदेवको अग्रता
मुस्लिम आयोगका अध्यक्ष समिमको भूमिका शंकास्पद, तत्काल कारवाही गरः एमाले सचिव महासेठ

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]