नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको सर्वदलीय बैठक सकिएको छैन। बैठकले कुनै निष्कर्ष ननिकालेको नेताहरुले बताएका छन् ।
बैठकबाट बाहिरिने क्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कुनै निष्कर्ष ननिकालेको बताए। यसैबीच, कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ।
वरिष्ठ नेता रामचन्द्र पौडेलका अनुसार आज दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक बोलाइएको हो। त्यहीँबाट निष्कर्ष निकाल्ने उनले बताए।