About Contact
०९ मंसिर २०७७, मंगलबार
Close
बिज्ञापन
मापदण्ड बिपरीतका होटल तथा भवनले जानकी मन्दिर छोपियो, मन्दिरको सौन्दर्य जोखिममा

खोज केन्द्र मंगलबार, पौष २२, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम ।  हिन्दुहरुको आस्थाको केन्द्रका रुपमा रहेका जनकपुरको प्रसिद्ध जानकी मन्दिर अनाधिकृत अग्ला घरहरुले छोपिदै गएपछि सौन्र्दय नै ह्रास हुँदै गएको छ । मन्दिरको सौन्र्दय नै ह्रासमा आएको देख्दा जानकी मन्दिर दर्शन तथा घुम्न आउने पर्यटकहरु नाक खुम्चाउने गरेका छन् ।
जनकपुरधाम उपमहानगरपालिकाले निर्धारण गरेको मापदण्ड विपरित मन्दिर वरिपरि अग्ला भवन निर्माण हुँदा मन्दिरको सौन्र्दयता समाप्त हुने जोखिम उत्पन्न भएको छ । तरपनि जनकपुरधाम उपमहानगरपालिका, स्थानीय प्रशासन तथा मन्दिर संचालन समितिले खासै चासो देखाएको छैन् ।

यति मात्र नभएर मन्दिर संग जोडिएर मन्दिर भन्दा पनि अग्ला होटेल निर्माण,मस्जिद निर्माण गरेपछि हिन्दु धर्म माथि नै प्रहार भएको देखिन्छ । जानकी मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवले सौन्दर्यको सम्पुर्ण जिम्मा नगरपालिकाको रहेको र नगरपालिकालाइ चाँडै यसमाथि ध्यान दिन जिकिर गरे ।

जानकि मन्दिर दर्शन गर्न समय समयमा विशिष्ट अतिथिहरु आँउदा पनि सम्बन्धित पक्ष मन्दिरको सौन्र्दयता प्रति खासै चासो नदेखाएको सन्तमहन्थहरुको भनाईछ । मन्दिरको दक्षिण तर्फ ठूलो होटेल संचालन छन् । भने, दक्षिण पूर्व तर्फ ठूलठूला भवन तथा प्रचारप्रसारका बोर्डहरु लगाईएको छ र पश्चिम तर्फ एक विशाल मुशलिमहरुको मश्जिद रहेको छ । स्थानिय पंकज शाहले मन्दिरको सौन्दर्यतामा ह्रास ल्याउने मापदण्ड बिपरीत बनेका भवनहरुलाइ नगरपालिकाले चाँडै भत्काउन् आग्रह गरेका छन् । भने जानकि मन्दिर एतिहाशिक मन्दिर रहेकोले प्रदेश सरकारले पनि यसमाथि विशेस ध्यान दिनु पर्ने स्थानीयको आग्रह छ ।

जानकी मन्दिरलाई विश्व सम्पदाको सूचीमा राख्न गृह कार्य भईरहेको छ । अर्को तर्फ जानकी मन्दिरको सौन्दर्यतालाई ओझेलमा पार्न निर्माण गरिएका भवनहरु नगरपालिकाले भत्काउँदैन, महन्थ वैष्णवको आरोप छ ।

जनकपुर नगरपालिकाले जानकी मन्दिरको वरिपरीको घर भवन निर्माण गर्न नक्सा पास गर्दा ३१ फिट उचाई सम्मको मात्र नक्सा पास गर्नै कानूनी प्रावधान छ ।

जानकी मन्दिरको वरिपरी १२ विघा रंगभुमि मैदान देखि दक्षिण तर्फ दशरथ मन्दिर, रामजानकी पेठिया बजार, महाविर चौक, भैरव चौक, राम चौक, जनक चौक, शिव चौक, गंगासागर मार्ग, धनुषा पथ, दुरसंचारको उत्तर तर्फको बाटो हुँदै अस्पतालको पश्चिम उत्तर कुना तर्फबाट दक्षिण नयाँ निर्माण भएको सडक हुँदै अस्पताल सडक सम्मको क्षेत्र भित्र ३१ फिट उचाई सम्म मात्र भवनको नक्सा पास गरिने तथा नक्सा पासको प्रक्रियामा रहेका नक्साहरुलाई समेत ३१ फिट उचाई सम्मको इजाजत दिइने कानून

 

छ । सोहि कानून बमोजिम छिट्टै मन्दिर वरिपरिका संरचनाहरु हटाईने उपमहानगरपालिकाकी मेयर रिता झा बताउँ छिन् ।

 

 

उपमहानगरपालिका कार्यालयले जानकी मन्दिर वरपरको निर्धारण गरेको ४ किल्ला अन्तरगत अस्पताल रोड, दशरथ तलाउ, पेठिया, महाबीर चौक, भैरब चौक, शिव चौक, जानकी चौक सबै तर्फ हेर्ने हो भने करिब २ सय भन्दा वढी घरहरु ३१ फिट भन्दा वढी उचाईमा बनेकाको कार्यालयको तथ्याँक छ ।

सम्बन्धित

ताजा अपडेट
जनकपुरमा मुसहर बालबालिकाहरुलाई न्यानो कपडा वितरण
समाजसेवामा जनकपुरका वडा अध्यक्ष साह, सहयोग जुटाएर श्रध्दालुलाई छठ सामग्री बितरण
नेशनल इन्जिनियर्स एशोसिएसन नेपालको प्रथम प्रादेशिक भेला जनकपुरमा सम्पन्न

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]