About Contact
११ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
मिथिला नगरपालिकामा बिहे भोजमा जांदा ४६ जना संक्रमित

खोज केन्द्र बिहिबार, जेठ ०६, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम । धनुषामा वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी छ । तर, निषेधाज्ञालाई अटेरी गर्दै गरिएको भिडले गाउँ–गाउँमा कोरोना संक्रमण तीव्र रुपमा फैलिरहेको छ ।

वैशाख २४ गते मिथिला नगरपालिका–११ मा स्थानीय एक व्यक्तिको वैवाहिक कार्यक्रम आयोजना गरियो । विवाह धुमधामका साथ मनाउन आफन्तलाई निमन्त्रणा गरिएको थियो । टाढा–टाढाबाट समेत अतिथि आए ।

अहिले गाउँभरि कोरोना संक्रमण फैलिएको छ । गाउँमा मानिस बिरामी पर्न थालेपछि नगरपालिकाले यही जेठ २ गते स्वाब संकलन गरी परीक्षण गराएको थियो । मंगलबार आएको रिर्पाटमा गाउँका ४६ जना संक्रमित रहेको पुष्टि भएको छ ।

कोरोना संक्रमणको लक्षणसँग मिल्दोजुल्दो बिरामीको संख्या गाउँमा बढेपछि नगरपालिकाले ५४ जनाको स्वाब संकलन गरी परीक्षण गराएको थियो । प्रादेशिक अस्पताल जनकपुरधामले दिएको रिपोर्टमा ४६ जनामा कोरोना पोजिटिभ देखिएको नगरपालिकाका अधिकृत रचिन्द्र डंगोलले जानकारी दिए ।

सो विवाहमा सहभागी भएका अधिकांशमा संक्रमण देखिएको नगर प्रमुख हरिनारायण महतोले बताए । उनका अनुसार विवाह भोजमा सहभागी हुन गाउँघरबाहिरबाट पनि थुप्रै अतिथि आएका थिए । अतिथिबाट नै संक्रमण फैलिएको हुन सक्ने उनको आशंका छ ।

पालिकाले आइसोलेसन बनाउन नसकेको उनले बताए । तर, नगरपालिकाले औषधि वितरण गरेको र संक्रमितको व्यवस्थापनतर्फ लागिपरेको उनको भनाइ छ ।

संक्रमितमध्ये गम्भीर अवस्थाका दुईजनाको सिन्धुलीमा उपचार भइरहेको छ । अन्यको स्वास्थ्य अवस्था सामान्य रहेको नगर उपप्रमुख ताराकुमारी बस्नेतले जानकारी दिइन् । उनका अनुसार सामान्य अवस्थाका संक्रमितहरु होम आइसोलेसनमा छन् ।

संक्रमितहरुलाई स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य टोली त्यस गाउँमा खटिएको छ ।

छिमेकी वडामा पनि ज्वरोका बिरामी बढिरहेको उनले बताइन् । त्यही गाउँमा पनि कतिपय बिरामीको कोरोना परीक्षण नभएको उनले जानकारी दिइन् ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]