About Contact
११ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
मुख्यमन्त्री र समाजिक मन्त्रीको राजिनामा माग्दै जनकपुरमा रिले अनसन

खोज केन्द्र बिहिबार, जेठ ०६, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेस २ को मुख्यमन्त्री लालबाबु राउत र समाजिक मन्त्री नवल किशोर साहको राजिनामा माग्दै जनकपुरमा रिले अनसन सुरु भएको छ । 

विभिन्न सात सूत्रीय माग राख्दै नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य कपिलदेव यादवको नेतृत्वमा युवाहरुले रिले अनसन थालेका हुन । 

कोभिड संक्रमितको उपचारमा भइरहेको समस्या समाधानको माग गर्दै उनीहरुले बुधबार दिउँसोदेखि जनकपुधामको जनकचोकमा रिले अनसन थालेका छन । 

 कोरोना संक्रमितको उपचार निःशुल्क गर्नुपर्ने लगायतको माग राखेर उनीहरुले केहीदिनदेखि विरोध प्रदर्शन गर्दै आएका छन् । मागप्रति सरोकारबाला निकाय गंभिर नभएको भन्दै बाध्य भएर रिले अनसन थालेको नेवि संघका केन्द्रिय सदस्य कपिलदेव यादवले बताए । 

प्रादेशिक अस्पताल जनकपुर र मुख्यमन्त्री कार्यालय अगाडी उनीहरुले प्लेकार्डसहित प्रदर्शन गरेका थिए । यादवको नेतृत्वमा ने.वि.संघका त्रिलोकनाथ मिश्र, गणेश साह, अरुण यादव, सुस्वेत लाभ, गौरब सिंह, रन्जित साह, राजन साह लगायत रिले अनसनमा बसेका छन् । माग पुरा नभए आमरण अनसनमा बस्ने चेतावनी यादवले दिए ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]