कोरोनाको संक्रमण दर बढ्दै गरेको अवस्थामा घरमा आफ्न्तको अनुपस्थितीमा अस्पतालसम्म कस्ले लैजाने भन्ने कुरा चिन्ताको विषय बनेको छ ।
स्याहर सुसारको अभाबमा रोगी तथा बृद्धको मुत्यु बढ्दै जादा यस कुरा चर्चामा रहेको छ । विशेषगरि आफन्त तथा परिवारको सदस्य बैदेशिक रोजगारिमा गएकाको परिवारमा यस्तो समस्या देखिदै आएको छ ।
“घरका परिवारमा हामी दुृई जना मात्र छौ ,अहिले ज्वरो र पखालाले सताएको छ । छोराछोरि अष्टेलियामा बस्छन आउन सकने अवस्था नै छैन ,बुढेसकालमा कसरि कसलाई हामीले यो गुनासो पेख्ने ? परिवारिक गुनासो पोख्दै मिथीला नगरपालीकाका एक महिलाले भनिन् ।”
संक्रमण बढ्नुका साथ साथ सुरक्षाको दृष्टीले पनि अन्य ब्यक्ती जान नचाहने गरेका छन । आम सर्वसाधारण संग पीपीइको ब्यवस्था नहुनु र नगरपालिकाहरुले त्यस्तो समस्याका लागि कुनै ध्यान नदिएको आम मानिसको गुनासो छ ।
क्षिरेश्वरनाथ —५, घर भएका एक महिला भन्छिन,“सवैलाई आफ्नो ज्यान प्यारो हुन्छ ,परिवारको पनि ख्याल राख्नुपर्ने बेलामा विरामीलाई छुुन नी एकदम गाहो्र हुन्छ यस्तो बेलामा सरकारले नै अशक्तका लागि विशेष ब्यबस्था गरे सवैलाई सहयोग पुग्ने थियो ।”
भोटको बेलामा विभिन्न बहनामा बृद्धको गुनासो सुन्ने भनी प्रलेभन दिएका नेताहरुले यस बेला आफूहरुको समस्यालाई ध्यान नदिएको उनीहरुको गुनासो रहेको छ । अशत्तको ज्यू-धनको ब्यवस्था गर्ने काम सरकारको भएपनी आफूहरु लाचार रहेको बताउछन ।
वैदेसिक रोजगरि वा अध्यनमा घरका घरका युवाहरु बाहिर हुनु र बुढापाकालाई घरमा छाड्नेक्रमले विकराल रुप लिदै गर्दा कोरोनाले उनीहरु बेसहारा हुदै मुत्युको मुखमा धकेलि रहेको नकार्न मिल्दैन ।वृद्धहरुमा बिशेषत मधुमेह,उच्चरक्त चापका समस्या अधिक हुने रहेकाले चिकीत्सकहरुका अनुसार अरुबेला भन्दा अधिक ध्यान दिनुपर्ने हुन्छ ।
यता,सरकारबाट विपन्न तथा अशत्तका लागि कस्ले अस्पताल सम्म लैजाने भन्ने कुरामा कुनै सुचना यस सबन्धमा जारी नहुदा अल्मलमा प्रसाशन रह्र्को छ । राज्यले विपन्न तथा अशक्त बृद्धलाई अहिले हेर्न नसके पछि झन अवस्था जटिल बन्ने कुरा निश्चित छ ।