प्रादेशिक अस्पताल जनकपुरधाममा उपचारका लागि सोमबार मध्यरातमा ईमर्जेन्सी कक्षमा भर्ना गरिएका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १० बस्ने ३७ वर्षिय अमोद कर्णको केहि क्षणमै मृत्यू भएको थियो ।
मृत्यूपछि आफन्तजनले समेत शव उठाउन मानेनन् ।
मृत्यू पश्चात अस्पतालबाट शव लग्न भनेपछि शव व्यवस्थापनमा परिवारजनलाई निकै समस्या परेपछि शव अलपत्र परेको थियो । जिल्ला प्रशासन कार्यालय धनुषासंग गुहार माग्दा समेत कसैले वास्ता नगरेपछि आज यूवाहरुको एक समुले शव व्यवस्थान गरेको छ ।
धनुषाका प्रमुख जिल्ला अधिकारी बन्दु प्रसाद बास्तोलाले कोरोना लागेको नलागेको पुष्टि नभएकाले शव व्यवस्थापनमा हामी असमर्थ रहेको बताएपछि परिवर्तनका लागि यूवा अभियानका यूवाहरुको एक समुहले स्वास्थ्य सुरक्षा सामग्री व्यवस्था गरि सो शवको व्यवस्थापन गरेको हो ।
प्रमुख जिल्ला अधिकारी बास्तोल मृतकको कोरोना परिक्षण नै नभएकाले शव उठाउन नमिल्ने भन्दै पञ्छिए ।
सो शवलाई प्रादेशिक अस्पतालबाट मसानघाटसम्म लगेर हिन्दु धर्मावलम्बी विधि अनुसार दाहसंस्कार गरिदैँछ । शव व्यवस्थापनमा लागेका यूवा अभियन्ता सुशिल कर्णले भने– सिकिस्त विरामी रहेका अमोदलाई ज्वरो, खासी लगायतका कोरोनाका सबै लक्षण रहेका थियो ।
सोमबार राति यूवाहरुको एक समुहले उपचारका लागि अस्पतालसम्म पुर्याएका थिए । तर त्यसको केहि क्षणमै अमोदको उपचारकै क्रममा मृत्यू भएपछि कसैले पनि वास्ता नगरेकाले आफुहरुले शवको व्यवस्थापन गरेको हो । मृतकका परिवारजनले समेत शव व्यवस्थापन गर्न डराएपछि सो शव अलपत्र परेको थियो ।
शव व्यवस्थापनको क्रममा यूवा अभियन्ता सुशिल कर्ण, किसन मण्डल, मोहन रौनियार, मनिष सिंह लगायतका यूवाहरुको सक्रिय सहभागिता थियो ।