About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
जसपा सरकारको नेतृत्व गर्ने, तत्कालका विभाजन टर्‍यो

खोज केन्द्र मंगलबार, जेठ ०४, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

काठमाडौं । नयाँ सरकार गठनको विषयले विभाजन हुने खतरमा रहेको जनता समाजवादी पार्टी (जसपा)मा तत्कालका लागि विभाजन टरेको छ । 

अध्यक्षद्धय महन्थ ठाकुर र उपेन्द्र यादवले मंगलवार संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीलाई विधि र पद्धतिअनुसार अघि बढाउने सहमति भएको बताएका छन् ।

विज्ञप्तिअनुसार केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा जसपा सहभागी नहुने भएको छ । विज्ञप्तिमा भनिएको छ– ‘जनता समाजवादी पार्टी सरकारमा सहभागी नभई प्रतिपक्षमै रही आफ्नो भूमिका निर्वाह गर्ने पार्टीको नीति र निर्णय यथावत रहेने छ ।’

तत्काल सरकारमा सहभागी नहुने बताएको जसपाले आफ्नै नेतृत्वमा सरकार बन्ने अवस्था वा राष्ट्रिय सहमतिको सरकार बन्ने अवस्थामा भने सहभागी हुने बताएको छ । 

विज्ञप्तिमा भनिएको छ– ‘राष्ट्रिय सहमति वा आफ्नै पार्टीको नेतृत्वमा सरकार बन्ने अवसर प्राप्त हुन सक्ने अवस्थामा सरकार गठन गर्न अगाडि बढ्न सकिने छ ।’

, 

जसपाको कार्यकारिणी समितिको बैठक जेठ ८ र ९ गते बोलाउने समेत महन्थ ठाकुर र उपेन्द्र यादव सहमत भएका छन् ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]