जनकपुरधाम । जनकपुरधामबाट यात्रु ओसार्ने एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको छ ।
आइतबार पुलचोकबाट यात्रु ओसार्ने एम्बुलेन्स जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले नियन्त्रणमा लिएको हो।
ज १ च १६२५ नम्बर प्लेटको एम्बुलेन्सका चालक सहित पप्रहरीले नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरी निरीक्षक नवराज न्यौपानेको अनुसार एम्बुलेन्स बटेश्वर गाउँपालिका रहेको छ ।
१६ हजार ५ सय रूपियाँ लिएर आत्रुली विराटनगर लिएर जाँदै गर्दा सूचनाको आधारमा पक्राउ गरिएको उनले बताए ।
चालक र एम्बुलेन्स प्रहरी नियन्त्रणमा छ । कारवाहीको लागि नेपाल प्रहरीलाई जिम्मा लगाईएको छ ।