About Contact
११ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
स्वास्थ्य मन्त्री त्रिपाठी र समाजिक मन्त्री साहको राजिनामा माग्दै जनकपुरमा प्रदर्शन

खोज केन्द्र शनिबार, जेठ ०१, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनसंख्या तथा स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठी र प्रदेस २ का समाजिक विकास मन्त्री नवल किशोर साहको राजिनामा दिनु पर्ने मांग गर्दै कोरोना कहर बिच युवाहरुले जनकपुरमा प्रदर्शन गरेका छन ।  उनीहरु प्रादेशिक अस्पताल जनकपुरको आगाडी प्ले कार्ड बोकेर प्रदर्शन गरेका हुन । 

मन्त्रीद्वय त्रिपाठी र साहको गैरजिम्मेवारीका कारण जनकपुर सहित प्रदेस २ को ८ वटै जिल्ला कोरोनाको दलद्लमा फसेको उनीहरुको आरोप छ । 

समाजिक मन्त्री साहको कमिशन मोहका कारण कोरोना उपचारमा प्रादेशिक अस्पताल जनकपुरमा चरम लापरबाही हुंदै आएको आन्दोलित युवा कपिल देव यादवले बताए ।  

संघिय सरकार, प्रदेश सरकारको गेरजिम्मेवारीपन विरुद्ध मौन धारण गरी शान्तिपूर्ण आन्दोलन गरेका छौ, उनले भने – जनता मार्न पाईदैन।

अस्पताललाई व्यवस्थित गरी जनतालाई सुलभ दरमा सेवा प्रभाव गर्नु पर्ने, अतिआवश्यक अक्सिजन ग्यास र gya खोपको व्यव्स्था गर्नु पर्ने, प्रदेश सरकारको बजेट मन्दिर मस्जिद भन्दा अस्पताल र स्वास्थ सेवामा खर्च गर्नु पर्ने तथा  निशेधाज्ञामा गरिब जनतालाई सहयोग स्वरुप खाधान्न सामग्री  र रकम वितरण गर्नु पर्ने मांग गरेका छन । 

मांग प्रति सरकारले ध्यान नदिए कडा आन्दोलनमा आउन बाध्य हुने यादवले बताए । 

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]