About Contact
११ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
कोरोनाबाट धनुषामा वडा अध्यक्षको मृत्यु

खोज केन्द्र शुक्रबार, बैशाख ३१, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषाको मिथिला बिहारी नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बिनोद कुमार मण्डलको कोरोनाको कारण मृत्यू भएको छ । 

मिथिला विहारी नगरपालिकाका नगर प्रमुख अनिलकुमार यादवका अनुसार वडा अध्यक्ष मण्डलको उपचारको क्रममा मृत्यु भएको हो । 

वडा अध्यक्ष विनोद कुमार मण्डललाई करिब दुई सातापूर्व ज्वरो, रुघाखोकी सहितको लक्षण देखिएपछि गाउँमै औषधी सेवन गरी निको भएका थिए । तर निको भएको दुई दिनपछि उनी पुनः विरामी परेको नगर प्रमुख यादवले बताए । त्यसपछि उनको उपचार धनुषा अस्पतालमा भएपछि निको भई घर फर्केका थिए । त्यसको केहि दिनपछि वडा अध्यक्ष मण्डललाई श्वासप्रश्वासमा समस्या आउनथालेपछि उनको उपचार चन्द्रकला देवी अस्पतालको आईसियू कक्षमा भर्ना गराइएको थियो । 

तर आज विहान वडा अध्यक्ष मण्डलको मृत्यू कोरोना संक्रमणकै कारण मृत्यू भएको नगर प्रमुख यादवले बताए ।

वडा अध्यक्ष मण्डल जनता समाजवादी पार्टी नेपालबाट निर्वाचित भएका थिए ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]