About Contact
११ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
कोरोनाबाट मृत्यु भएका पत्रकारको परिवारलाई राहत दिन पत्रकार महासंघको माग

खोज केन्द्र बिहिबार, बैशाख ३०, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

mनेपाल पत्रकार महासंघ, प्रदेश २ समितिले कोरोना संक्रमणबाट मृत्यु भएका पत्रकारको परिवारलाई तत्काल राहत उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरेको छ ।

बिहीबार प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्र यादवलाई ज्ञापन बुझाउँदै रौतहटमा बुधबार मृत्यु भएका पत्रकार मनोजकुमार चौधरी र रमादेवी यादवको परिवारलाई तत्काल राहत उपलब्ध गराउन महासंघले माग गरेको हो ।

महासंघका प्रदेश अध्यक्ष राजेश कर्णले बुझाएको ज्ञापनमा संक्रमित पत्रकारको निःशुल्क उपचारको व्यवस्थापन मिलाइदिन पनि माग गरिएको छ ।

ज्ञापन बुभ्दै मन्त्री यादवले पत्रकार महासंघले उठाएका मागलाई सकारात्मक रुपमा लिएको भन्दै पत्रकारको हकहितका लागि प्रदेश सरकार सदैव तत्पर रहेको बताए । उनले पत्रकारको निःशुल्क उपचार गर्ने प्रतिबद्धता समेत दिलाए

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]