About Contact
११ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
बाबुरामद्धारा देउवा नेतृत्वमा सरकार बनाउन अस्वीकार

खोज केन्द्र बुधबार, बैशाख २९, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्न अस्वीकार गरेका छन् ।

बुधबार बिहान ट्वीट गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेको डा. भट्टराईले भनेका छन्– ‘सबै दलको सहभागिता र वर्तमान/पूर्व प्रम वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकार बनाऔं ।’

कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठनका लागि जसपाकै अध्यक्ष उपेन्द्र यादवको सक्रियता बढेको बेला भट्टराईले ‘वर्तमान/पूर्व प्रम वाहेककाको राष्ट्रिय सरकार बनाऔं’ भन्नुको अर्थ देउवा अस्वीकार्य भन्ने हुन्छ ।

नयाँ सरकार गठनको विषयलाई लिएर जसपा दुई लाइनमा विभाजित हुँदा महन्थ ठाकुरा र राजेन्द्र महतो नयाँ सरकार गठनको विपक्षमा छन् भने उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षमा देखिएका छन् । तर, भट्टराईको पछिल्लो प्रतिकृयाले जसपामा थप जटिलता थप्ने देखिन्छ । यसको सिधा असर नयाँ सरकार गठनमा पर्छ ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]