About Contact
११ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
संक्रमितलाई भर्ना नगरेको भन्दै प्रदेशिक अस्पतालमा तोडफोड

खोज केन्द्र बुधबार, बैशाख २९, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

कोरोना संक्रमितलाई भर्ना नगरेको भन्दै जनकपुर प्रादेशिक कोभिड अस्पतालमा तोडफोड भएको छ । मंगलबार साँझ आक्रोशित एक समूहले संक्रमितलाई भर्ना नगरेको भन्दै अस्पतालको वार्डमा जडान गरिएको उपकरणहरु तोडफोड गरेको हो ।

प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट डा प्रमोद यादवका अनुसार चार पाँच जनाको समूहले भेन्टिलेटर समेत तोडफोड गरेका छन् । उनीहरुले अस्पतालका स्वास्थ्यकर्मीलाई समेत हातपात गरेको सुपरिटेन्डेन्ट यादवको भनाइ छ ।

तोडफोड गरेको आरोपमा प्रहरीले २ जनालाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । घटनाबारे बुझ्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]