About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
कोरोना: नेपालमा निको हुने दर ७५.५ प्रतिशत, २२५ को निधन

आइसियुमा १,०८४ र भेन्टिलेरमा २९०

खोज केन्द्र मंगलबार, बैशाख २८, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

आज देशभरि कोभिड–१९ का नौ हजार ४८३ संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा २० हजार ५९६ पीसीआर र ७२० एन्टिजेन परीक्षणमा नौ हजार ४८३ संक्रमित पुष्टि भएको हो ।

आज देखिएकासँगै नेपालमा चार लाख १३ हजार १११ संक्रमित छन् । यस्तै संक्रमित निको भई पाँच हजार २२५ घर फर्किएका छन् । अहिलेसम्म तीन लाख १२ हजार १९ निको भएर घर फर्किएका छन । नेपालमा निको हुने दर ७५.५ प्रतिशत छ ।

२२५ को निधन

आज संक्रमणबाट २२५ को निधन भएको छ । आज निधन भएका संक्रमित सङ्ख्या सबभन्दा बढी हो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको तथ्याङ्कमा नेपाली सेनाले शव व्यवस्थापन गरेका आधारमा आज निधन हुनेको संख्या त्यति पुगेको हो । आज निधन हुनेसंँगै नेपालमा अहिलेसम्म चार हजार ८४ कोरोनाबाट बितेका छन् ।

यस्तै पाँच सयभन्दा भन्दा बढी सङ्क्रमण भएका जिल्ला ३० पुगेका छन् ।

तिनमा मोरङ, सुनसरी, झापा, रौतहट, धनुषा, पर्सा, बारा,महोत्तरी, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, धादिङ, नुवाकोट, कास्की, गोरखा, नवलपरासी –बर्दघाट सुस्तापूर्व०, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, नवलपरासी –बर्दघाट सुस्तापश्चिम , सुर्खेत, कैलाली, कञ्चनपुर र बैतडी छन् ।

आइसियुमा १,०८४ र भेन्टिलेरमा २९०

सङ्क्रमितमध्ये एक हजार ८४ सघन उपचार कक्ष र २९० जनाले भेन्टिलेटरमा उपचार गराइरहेका छन् । प्रदेश नंं १ मा १२७, प्रदेश नं २ मा ६०, वाग्मती प्रदेशमा ५२९, गण्डकीमा ८२, लुम्बिनीमा १६०, कर्णालीमा १०२ र सुदूररपश्चिममा २४ जना आइसियुमा छन् ।

यस्तै प्रदेश नंं १ मा २९, प्रदेश नं २ मा ३७, वाग्मतीमा १८४, गण्डकीमा ११, लुम्बिनीमा १३, कर्णालीमा आठ र सुदूररपश्चिममा आठ जना भेन्टिलेटरमा छन् ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]