About Contact
०४ जेठ २०७९, बुधबार
Close
बिज्ञापन
‘भगवान’को घरमा कोरोनाको डर, जानकी मन्दिर बन्द

खोज केन्द्र बुधबार, बैशाख २२, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

जस्तो सुकै विपत्तमा पनि मान्छेको एक मात्र सहारा ‘भगवान’ हुन्छन्। ‘भगवानको घर कसैका लागि पनि बन्द हुदैंन्’ भन्ने मान्यता हाम्रो हिन्दुधर्मावलम्बीहरु माझ छ। तर कोभिड-१९ को प्रकोप यस्तो भयावह भयो जसले भगवानको घरमा समेत ढोका थुनायो।

पछिल्लो दुई दिनदेखि जनकपुरको जानकी मन्दिरका प्रवेश द्धारहरु थुनिएका छन्। लकडाउनले पूरै सहर बन्द भए पनि आस्था र धर्ममाथि विश्वास राख्नेहरु मन्दिर जान छुटाएका थिएनन्। यस्तोमा कोरोना भाइरस सर्ने डरले मन्दिरको मूल ढोकाहरु बन्द गर्न बाध्य भएको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास बताउँछन्। 

बन्द हड्ताल हुँदा पनि मन्दिर आउन कसैलाई रोकछेक भएन्,’ दासले भने ‘कोरोना सर्ने डरले प्रसाद वितरणमा समेत रोक लगाएका छौं र मन्दिरनै बन्द गर्नुपर्ने बाध्यता भएको छ।’

हुनत मन्दिरको गर्भगृह भने खुल्लै छ। जहाँ नियमित रुपमा भगवानको पूजाअर्चना हुन्छ तर, सर्वसाधारणले दर्शन र पूजापाठ गर्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ। 

मन्दिरमा प्रतिदिन गरीब र साधुसन्तहरुको लागि निःशुल्क भोजन खुवाउने गरिन्थ्यो। तर, कोरोनाको जोखिमलाई हेर्दै यी सबै कार्यक्रमहरु बन्द भएको छ। जानकी मन्दिर जस्तै यहाँको प्रसिद्ध राममन्दिरमा पनि ढोका बन्द गरिएको छ। ‘यो महामारीका बेला मन्दिर आउनु साटो घरमै बसेर भगवानको नाम जप्नुस्,’ मन्दिरका महन्थ राम गिरीसबैलाई आग्रह गर्छन्। ‘भगवान सबैको मनमा बास गर्छन् उनलाई भेट्न मन्दिरनै धाउनु पर्छ भन्ने छैन्।’

1B2DFB54-3C6C-43CD-8D7C-EFB283266438

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]