जनकपुर, २० पुस । सर्लाही बागमती नगरपालिकामा एक यूवतीको बिभत्स तरिकाले हत्या भएको छ ।
सर्लाही बागमती नगरपाका वडा न.५ , राजघाट रामपुर निबासी २६ बर्षिय पूर्णिमा लामाको बीभत्स हत्या भएको हत्या पछी लामाको शव फेला परेको हो । शवलाई प्रहरीले नियन्त्रण मा लिएर अनुसन्धान अगाडी बढाएको छ ।
नेपाल प्रहरी सर्लाहीले अनुसन्धान सहित,मुचुल्का गरि पोस्टमार्टम गर्नको निम्ति सर्लाही जिल्ला अस्पताल लगिएको छ।घटनाको सत्यतथ्य छानबिन गरि अपराधीलाई मुलुकी ऐन बमोजिम कामकारबाही हुनु पर्ने स्थानियले माग गरेका छन । २६ बर्षिय लामाको हत्यामा सङ्गलन भएको बलात्कार पछी हत्या गरेको उनीहरुको भनाईछ ।
स्थानियहरुले कोहि होस राजनीतिक दलको आडमा नउम्कियोस भन्ने दाबि गरेका छन । केही शक्ति घट्नालाई अतिरन्जित गरि भ्रामक अपबाह फैलाउने,गलत समाचार सम्प्रेषण गर्ने,तोडमोड गरि सत्यलाई लुकाउन खोज्ने दुस्साहस गर्नेहरू प्रती आक्रोश पोखेका छन ।
यद्द्पी प्रहरीले दोषिलाई पक्राउ गर्न सकेको छैन ।