About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
जनकपुरको अस्पतालले भर्ना नलिएपछी परियारको मृत्यु, आफन्तले शव छोडेरे भागे

खोज केन्द्र मंगलबार, बैशाख २१, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

कोरोना संदिग्ध बिरामीलाई जनकपुरमा उपचारको लागि कुनै पनि अस्पतालले भर्ना लिन नमानेपछि छटपटिएर मृत्यु भएको छ । 

पछिल्लो पाँचदिनदेखि रुघाखोकी ज्वरो लागेका धनुषाको बटेश्वर गाउँपालिका वडा नं ४ ससुरालीमा बस्दै आएका ४५ वर्षीय लोकबहादुर परियारको जनकपुरको अस्पतालले भर्ना नलिएपछी मृत्यु भएको हो ।

परियारलाई राति ८ बजे श्वासप्रश्वासमा समस्या भएपछि उपचारको लागि जनकपुर लगिएको थियो । पहिले प्रादेशिक अस्पतालको आइसोलेशनमा उपचारको लागि पुग्दा बेड खाली नरहेको भन्दै फर्काइएको थियो । त्यहाँबाट जनकपुरको अन्य हस्पिटलहरुमा लगिएको थियो । कतै भर्ना नलिएपछि बाध्य भएर घर फर्किएपछि बटेश्वर बजारको आरपी मेडिकल हलमा पुग्दा मृत्यु भएको एम्बुलेन्स चालकले बताए ।

उनको अक्सिजनकै अभावमा मृत्यु भएको एम्बुलेन्स चालक रामबाबु महतोले बताए ।

जनकपुरको प्रादेशिक अस्पतालमा लग्दा भर्ना नलिएपछि अन्य अस्पतालहरुमा पनि लिएर जाँदा भर्ना नगरेको उनको भनाइ छ । पहिला पैसा नै डिपोजिट गर्नुपर्ने भनेपछि बिरामीका आफन्तले पैसा नभएको भन्दै घर फर्किन भनेको र बजारकै आरपी मेडिकलमा राखेपछि त्यँही मृत्यु भएको एम्बुलेन्स चालक महतोले  बताए ।

‘उहाँको शरीरमा अक्सिन एक थियो । मैले चेक गर्दा ४५ मात्र थियो । एम्बुलेन्समा अक्सिजन लगाइदिएर जनकपुर लगेका थियौं । प्रादेशिक अस्पतालमा बेड छैन भनेर फर्काएपछि केहि निजीमा पनि लिएर गयौं । कसैले भर्ना गरेन । उनका आफन्तले घर नै फर्किन भन्यो’ एम्बुलेन्स चालकले भने ‘फर्केपछि आरपी मेडिकल हालमा राखिदिन भन्यो । राखदिएँ । म अर्को बिरामी लिएर काठमाडौं हिँडे । बिहान उनको मृत्यु भएको खबर थाहा पाएँ ।’

यता आरपी मेडिकल हलका संचालक सुवोध साहले फर्काएर ल्याएपछि बिहानै बिरामीको मृत्यु भएको बताउँदै अगाडीमा शव राखेर एम्बुलेन्स हिडेको बताए ।

मृतकको शव अहिले आरपी मेडिकलको बाहिरै रहेको छ । मृतकका आफन्त समेत शव छाडेर त्यँही छाडेर आफ्नो घर पुगेका छन् । 

आफन्त समेत छाडेर गएपछि अहिले वेवारिसे अवसस्थामा शव त्यही रहेको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]