About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
धनुषामा १० दिनका लागि कर्फ्यु

खोज केन्द्र आइतबार, बैशाख १९, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषामा कोरोना संक्रमण तीवग्रतिमा फैलिदै गएपछि मंंगलबारदेखि १० दिनसम्मका लागि निषेधाज्ञा (कर्फ्यु) लगाइएको छ । 

कोरोना संक्रमण नियन्त्रणका लागि वैशाख २१ गते बिहान ६ बजेदेखि वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा लगाइएको हो ।

जिल्ला प्रशासन कार्यालय धनुषामा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले १० दिनसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धु प्रसाद वास्तोलाले जानकारी दिएका छन् ।

यस अवधिमा सवारी साधन आवागमनमा पूर्ण रुपमा रोक लगाइएको उनले बताए । त्यस्तै दैनिक उपभोग्य वस्तु खरिद गर्नका लागि बजार व्यवसाय बिहान १० बजेसम्म खोल्न दिइने प्रजिअ वास्तोलाले बताए । 

बजार व्यवसाय संचालनमा निश्चित समय तोकिएपनि औषधी पसलहरु नियमित संचालन गर्न पाउने उनले बताए ।

यता सरकारी कार्यालयहरुमा सरकारी कामहरु अतिरिक्त सेवाग्राहीहरुको काम नहुने निर्णय सो बैठकबाट गरिएको छ । बैठकले सरकारी कार्यालयहरुमा एक चौथाई कर्मचारी मात्रै राख्न भनेको छ ।

संचारकर्मीहरुले भने आफ्नो संस्थाको आइडी कार्ड लिएर आवतजावत गर्न पाउने छन् ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]