About Contact
११ आषाढ २०७८, शुक्रबार
Close
बिज्ञापन
पत्रकार महासंघ धनुषा शाखाका पदाधिकारीद्वारा पदभार ग्रहण

खोज केन्द्र सोमबार, बैशाख १३, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

नेपाल पत्रकार महासंघ धनुषा शाखाका नवनिर्वाचित पदाधिकारीहरुले पदभार ग्रहण गरेका छन् ।

आइतबार महासंघका नवनिर्वाचित अध्यक्ष मनिका झासहित सम्पूर्ण पदाधिकारीलाई निर्वाचन आयुक्त वरिष्ठ पत्रकार बिएम खनालले सपथ ग्रहण पछि प्रमाणपत्र वितरण गरेका छन् ।

महासंघका निवर्तमान अध्यक्ष अनिल मिश्रले नवनिर्वाचित अध्यक्ष झालाई पद हस्तान्तरण गरेका छन् । कार्यक्रमबीच निर्वाचन समितिमा सफलतापुर्वक कार्य सम्पादन गरेको भन्दै निर्वाचन आयुक्त खनाललाई समेत सम्मान गरिएको छ ।

नेपाल पत्रकार महासंघ धनुषा शाखाको अध्यक्षमा मनिका झा, उपाध्यक्षमा अवधेश कामत, महिला उपाध्यक्षमा नेहा झा, सचिवमा बटुकनाथ झा, सह–सचिवमा निरञ्जन कुमार साह, समावेशी सह–सचिवमा गोवीन्द कुमार महतो र कोषाध्यक्षमा राजकमल सिंह निर्वाचित भएका छन् ।

त्यस्तै, सदस्यहरुमा विनोद कुमार महतो, फुलगेन मुखिया, संतोष लाल कर्ण, नविन कुमार मिश्र, ब्रम्हानन्द ठाकुर, संजय झा, स्मिता झा, दिलिप दास, अर्जुन मण्डल, संजय साह र राहुल सिंह निर्वाचित भएका छन् ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]