About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
जनकपुर आएका माधव नेपाललाई माओवादी नेताको स्वागत

खोज केन्द्र शुक्रबार, बैशाख १०, २०७८ मा प्रकाशित

featured photo: खोज केन्द्र

नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग छलफल सकाएर जनकपुर आएका छन् । 

बिहीबार अपराह्न नक्सालस्थित होटल मेरियटमा भेटेर नेता नेपाल जनकपुर आएका हुन् ।

यदुवंश झा नातीको ब्रतबन्ध र मोडल क्याम्पस जनकपुरका संचालक वीरेन्द्र साहको छोराको विवाहमा सहभागी हुन जनकपुरधाम आएका नेता नेपाललाई एमालेसंगै माओवादी नेताले विमानस्थलमा स्वागत गरेका हुन् ।

माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री रामचन्द्र झा र रामकुमार शर्मा नेता नेपाललाई स्वागत गर्न फुलमाला बोकेर विमानस्थल पुगेका थिए । 

विमानस्थलमा संक्षिप्त प्रतिक्रिया दिंदै नेता नेपालले बिहीबारको अध्यक्ष ओलीसंगको भेटमा केहि सहमति नभएको बताए । उनले भने, ‘अब कसरी अगाडि बढ्नेबारे पछि भन्छु ।’

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]