प्रहरी दादागिरीले गाउँ नै त्रसित
महोत्तरी जिल्ला महोत्तरी गाउँपालिका-२ बजार नजिक रहेको घरको ढलान गरिरहेको अवस्थामा प्रहरीले दादागिरी देखाउंदै निर्माण कार्य रोकेको तथ्य बाहिर आएको छ ।
उक्त ढलान नरोकेको भन्दै प्रहरीले पिस्तोल निकालेर महिला मिथिलेश देवी र संजिब कापरको कंचटमा पिस्तोल भिडाएको थियो भने शैलेन्द्र कापरलाई कुटपिट गरेको छ ।उक्त भिडियो बाहिरिए पछी प्रहरीको दादागिरी उदांगिएको हो ।
मिथिलेश देवी भन्छिन- बिहान देखि ढलान गर्दै थिए, ढलान गर्दा गर्दै राति ८ बजे सम्म घर ढलान पुरा हुंदै थियो । त्यतिकैमा एक्कासी प्रहरीले जथाभावी गालीगलौच गर्न थाले । स्थानियहरुको भागाभाग मच्चियो ।
स्थानीयहरुको अनुसार पछिल्लो समय प्रहरीको कार्यशैलीले स्थानीयहरु त्रसित र असंकित बनाउने काम गरिरहेको छ ।
भिडियो
04F3985E-A004-49A4-B11C-2FE0A9E2F632
व्यक्तिले आफ्नो घर ढलान गर्दै गर्दा प्रहरीको दादागिरी उपयुक्त नभएको युवा नेता दिपु कापर बताउंछन । प्रहरीले नै जथाभावी गाली गर्ने र कंचटमा पिस्तोल राख्ने अधिकार कुन कानुन हो, उनको तर्क छ ।
यता उक्त प्रहरी अधिकारी संग यस सम्बधमा प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।