जनकपुर उपमहानगरपालिकामा मधेस सहिद नितु यादव स्मृति भवन बन्ने भएको छ ।
सोमबार धनुषाको जनकपुर उपमहानगरपालिका वार्ड नम्बर १९ जमुनियाँमा मधेस आन्दोलनका शहिद नितु यादवको स्मृतिमा भौतिक पुर्वाधार विकास मन्त्री माननीय जितेन्द्र सोनलद्वारा सामुदायिक भवनको शिलान्यास सम्पन्न भएको छ ।
शिलान्यास कार्यक्रमको अध्यक्षता शहिद नीतु यादवको आमा राज कुमारी देवी ले गरेका थिए ।
कार्यक्रममा सर्लाही १का प्रतिनिधि सभा सदस्य प्रमोद साह, प्रदेश सभा सदस्य माननीय प्रमेश्वर साह, जनकपुर उपमहानगरपालिकाको उप प्रमुख रिता झा, जसपा केन्द्रिय सदस्य सरिता शर्मा, जिल्ला अध्यक्ष प्रमोद यादव, युवा नेता सिताराम यादव, युवा नेता संजय यादव, युवा नेता रिकी सिंह लगायत स्थानीय नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।