About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
मिर्जापुर र भलुवहीया नाकाबाट तस्करी खुल्ला

धर्मेन्द्र प्रसाद यादव आइतबार, चैत्र २२, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

पर्साको मिर्जापुर प्रहरी चौकीका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) सत्यनारायण साह मिर्जापुर र भलुवहीया नाकाबाट तस्करी खुल्ला गरेका छन ।

असई साहले तस्करी गराई रहेको विषय डीटेल समेतको जानकारी प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे समक्ष बुधबार नै जानकारी भैसकेको थियो । तर उनलाई जानकारी भए पछि उनी कुनै बाहिरको यूनिटलाई पठाई मिर्जापुर चौकीको एरियामा निगरानी बढाइएको जानकारी प्राप्त भएको छ  । त्यो दिन बाहिरको टोली आउनुले अवरुद्ध भएको थियो । तर फेरि बिहीबार राति तस्करहरु गिटी पास गराउछन भने सूचना पाए पछि बाहिरको टोली आई बिहान शुक्रबार २:४० सम्म खटेको थियो र त्यो टोली गई सके पश्चात असई साहले फेरी लाईन दिएर १२-१४ वटा गिटिको लोड ट्रेक्टर ३:३०मा  पास गराएको थियो   

असई साहले प्रती ट्रेक्टर गिटी १ हजार , प्रती भैसी १ हजार, प्रती रंगा ४ सय ,र डिजेल पेट्रोल तस्कर संग प्रती तस्कर २५ सयको दरले लिई यसको  लाईन पनि दिने गरेको छन । 

यति मात्रै हैन असई साह मिर्जापुरमा अहिले  ५ जना भठि साहु संग ४ -४ हजार रुपैया महिनाबारी बुझी ५ वटा घरेलु चुवाई रक्शी भठि सन्चालन गराइरहेका छन । असई साहको एरिया मिर्जापुरमा  भठि सन्चालनमा रहेको र महिनाबारी बुझी सन्चालन गराएको कुरो पनि पर्साको उपरीक्षक सम्म पुगिसकेको सूचना प्राप्त हुन आएको छ । 

असई साहलाई पर्साको एसपिले तस्करी रोक्न निर्देशन दिए पनि नियमको अटेरी गरी  कसको दम्भम गराउदै छन   

रौतहट घर भएका असई साहको जात ब्यादर र नाता रिश्तापर्ने मन्त्री प्रभु साहको नाम भजाउदै धाक देखाउदै उनी तस्करी खुल्ला गरेका छन । यति मात्रै हैन उनी तस्कर संग कुरा गर्दै आफू मन्त्री साहको मान्छे हो र उनकै पावर लगाएर यहा आएको र मेरो कसैले केहीपनि गर्न नसक्ने बताउछन । ती असईले नै राति गस्ती गरेर गिटिको ट्रेक्टर  पास  गाराउने गरेको स्वयं त्याहाका एक तस्करले दावी गरेका छन् । 

मिर्जापुर चौकीका इन्चार्ज साहको यस्तै रवैयाका करण चौकीको कुनै पनि प्रहरी संग राम्रो तालमेल नरहेको  त्याहाका एक जना प्रहरी जवानले नाम नराखने  सर्तमा बताएको थियो  । जनताको शान्ति सुरक्षामा खट्ने  प्रहरी नै तस्करीहरुसँग सेटिङ गरेर ‘कमाउ धन्दा’मा लागेको देखेर स्थानीय वाक्क भएका छन् भने यसले प्रहरीको प्रतिष्ठामा समेत कालो धब्बा लगाउने काम भएको छ ।जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक बेल बहादुर पाण्डे आएको दिन देखि नै शान्ति सुरक्षा देखि लिएर चोरी तस्करीको सँजाल तोड्न लागेका थिए । 

सबै मातहतको यूनिटलाई अवैध गतिविधि नियन्त्रण गर्ने निर्देशन दिएपनी मिर्जापुर चौकीका  इन्चार्ज साहले आदेशको उल्लङ्घन गर्दै तस्करी गराउन सफल भएका छन । प्रहरी उपरीक्षक पाण्डेको आदेशलाइ धज्जी उडाउने यस्ता गैर जिम्मेवार व्यक्तिहरुले गर्दा पूरै प्रहरी सङ्गठन नै बदनाम हुँदै आएको छ । जस माथी माथिल्लो निकायको ध्यान जान अति अवाश्यक देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक बेल बहादुर पाण्डेले पर्साको शान्ति सुव्यवस्था देखि लिएर विभिन्न अवैध गतिविधिमा व्यापक रोक्न सफल भए पनि यस्ता गैर जिम्मेवार इन्चार्जहरुको कारणले गर्दा पूरै पर्सा प्रहरी नै बदनाम हुँदै आएको छ । अब हेर्न बाकी छ कि एसपि पाण्डे कार्वाही गर्लान कि गर्दैन । 

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]