About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
असुरक्षित बन्यो धनुषा, तीन दिनमा तीन जनाको शंकास्पद मृत्यु

खोज केन्द्र शनिबार, चैत्र २१, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषामा लगातार तेस्रो दिन एकजना व्यक्तिको शङ्कास्पद अवस्थामा शव बरामद भएको छ । 

जिल्लामा बिहिबारदेखि शनिबार (आज) सम्म तिनजनाको शङ्कास्पद अवस्थामा शव फेला परेको हो ।

प्रदेश नम्बर २ को केन्द्र धनुषामा यसरी दिनहु व्यक्तिको मृत्यु हुनुलाई धेरैले शान्ति सुरक्षा व्यवस्थामा प्रहरी प्रशासन चुकिरहेको संज्ञा दिनथालेका छन् । 

जिल्लाका विभिन्न स्थानमा अपराधिक घटना बढ्दै जाँदा प्रदेशकै केन्द्रमा स्थानीय असुरक्षित महसुस गर्न थालेका छन् ।

प्रहरी प्रशासनले अपराधीहरुलाई नियन्त्रण लिननसकेपछि अपराधिक घटनामा वृद्धि हुनथालेको स्थानीय बुद्धिजीवीहरुको विश्लेषण छ । 

शनिबार जनकपुरधामको मूख्य चोक शिव टोलस्थित वेलकम होटल अगाडीको सडक छेउमा एकजना वृद्धिको शव बरामद गरिएको छ ।

शव बरामद भएका वृद्धि धनौजी गाउँपालिकाको लखौरी घर भएका ७० वर्षीय साधु सुखन दास रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । उनी माग्दै हिड्ने साधु रहेको बताइएको छ ।

विरामी परेर उनको मृत्यु भएको हुनसक्ने प्रहरीको आशङ्का भएपनि वास्तविक कारण भने अहिलेसम्म खुल्न सकेको छैन । प्रहरीले घटनास्थलको जाँचमुचुल्का उठाएर दासको शवलाई पोष्टमार्टम लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको बताएको छ ।

प्रहरीले मृतक वृद्धको साथबाट केहि नगद र प्रादेशिक अस्पतालमा उपचार गराएको पूर्जी कागजातसमेत फेला परेको जानकारी दिएको छ ।

यसअघि धनुषाको क्षिरेश्वरनाथ नगरपालिकास्थित पकडिया र औरही गाउँपालिकामा शङ्कास्पद अवस्थामा शवहरु फेला परेको थिए ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]