About Contact
०७ आश्विन २०७८, बिहिबार
Close
बिज्ञापन
प्रहरीकै संरक्षणमा भिस्वा नाकाबाट तस्करी

धर्मेन्द्र प्रसाद यादव शनिबार, चैत्र २१, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

अवैध कारोवार चोरी तस्करी रोक्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरीले नै भिस्वा नाकामा तस्करी खोली  पैसा कमाउने अवसर जस्तै पाएका छन ।

सीमा सुरक्षा र सीमा नाकाबाट हुने तस्करीलगायतका अपराध रोक्ने मुख्य जिम्मेवारी पाएको सशस्त्र प्रहरी  नै पैसा लिएर तस्करी गराउनमा संलग्‍न भएको आरोप लागेको छ । पर्साको बन्जारि भिस्वा बीओपी सशस्त्र प्रहरी निरीक्षक संजीव बाँनियाले पैसाको लाभ लिएर भिस्वा नाकाबाट तस्करी खुल्ला गरेका छन ।

आहिले भिस्वा नाका बाट कबाड र चटीको बोरा (जुट) को तस्करी खुब चम्केको छ / कबाड र चटीको बोरा (जुट) को तस्करी भिस्वा नाकाबाट धेरै दिन देखि चलिरहे पनि प्रहरीले रोक्न सकेको छैन । रोक्न नसक्नुले सशस्त्र प्रहरी माथि प्रशन्न खडा भएको छ  ।

सशस्त्र प्रहरी बीओपी इन्चार्ज बाँनियालाई काबाड तस्करले मासिक ८० हजार र जुट तस्कर बाट ६५ हजार रुपैया लिएर तस्करी खुल्ला गरेको कुरो बहिरिएको छ ।

भिस्वा नाकाबाट भन्सार छलेर अवैध मालसान भित्रने / बाहिरिने गरेकाले तस्करहरुको सेटिङमा प्रहरीले आँखा चिम्लिँदा राम्रो आम्दानी हुने गरेको नाम नखोल्ने सर्तमा एक जना सशस्त्र प्रहरी स्रोतले बतायो ।

रातदिन सशस्त्र प्रहरीको सिमामा गस्ती रहे पनि तस्करीका सामान बरामद नहुनु, मानिस पक्राउ नपर्नुले मिलेमतो भएको पुष्टि गर्दछ ।

गृह सचिव महेश्वर न्यौपानेले सशस्त्र प्रहरी हेडक्वार्टरबाट भर्चुअल माध्यम मार्फत चैत्र १२ गते बिहीबार देशभरका सशस्त्र प्रहरीका युनिट प्रमुखहरुलाई अवैध चोरी, पैठारी तथा निकासी नियन्त्रण गर्न र सीमा तथा सीमा वारपार हुने अपराध नियन्त्रण र राजस्व संकलनमा सहयोगी भूमिका निर्वाह सशस्त्र प्रहरीका अधिकृतहरूलाई निर्देशन दिएका थिए  । र सोही दिन सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले भ्रष्टाचारमा शुन्य सहनशीलताको नीतिलाई कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएका थिए ।उधारण को लागि : २ नंबर प्रदेश छिन्रमस्ता बाहिनीका स्कवायड टोलीले  भिष्वा दशगाजा नजिक वडा कार्यालय अगाडीबाट ट्रेक्टरमा लोड चटिको बोरा (जुट ) इन्डिया तस्करी गर्ने क्रममा फागुन २४ गते सोमबार बिहान ३ बजे पक्राउ गरेको थियो ।

तस्करीको चटी बोरा (जुट) र ट्रेक्टर पक्राउ परेपछि इन्स्पेक्टर बानियाँ कै संलगनतामा तस्करी भइरहेको स्पष्ट पोल खुलेको थियो  । पक्राउ परेका जुट र ट्रेक्टर बीरगंज भन्सार मा बुझाईएको थियो ।

स्वयम बाहिनीका स्कवायड टोलीले इन्सपेक्टर बानिया कै एरिया पर्ने भिस्वाबाट जुट र ट्रेक्टर पक्रनुले बानिया इसारामा तस्करीको विषयमा  खैलाबैला मचेको थियो तर किन भएन बाँनिया लाई कुनै किसिमको कार्वाही ? बानियाँ आएको देखि नै भैंसी काण्ड ,स्याउ काण्ड,जुट कान्ड  देखि कानडै काण्डमा परेको छवि बदनाम भएका इन्स्पेक्टर हुन ,के उनी सशस्त्र प्रहरी सँगठन भित्र एक मात्रा प्रहरी इन्स्पेक्टर हुन जसलाई प्रहरीको ना कुनै नीतिनियम पालना र कुनै कानुन लाग्दैन । बानियाँ को हुन? कार्वही किन भएन ? यसले सजिलै बुझ्न सकिन्छ ।

बानियाँको ठूला रजनीतीकदलका नेता सँग कनेक्सन र सशस्त्र प्रहरी सँगठन भित्र राम्रो पहुँच र आशिर्वाद प्राप्त भएको कारण कार्वही हुन नसकेको असानै बुझ्न सकिन्छ ।

प्रदेश २ छिन्रमस्ता बहिनीका सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रा प्रकाश गौतमले प्रदेश २ भरीका सबै घुमुवा तानेर रीफ्रेश तालिम देखि कयौ अपीसर तथा बीओपी इन्चार्जहरुलाई कार्वाही र सिमा क्षेत्रमा हुने आपराधिक गतिविधि तथा चोरो तस्करी नियन्त्रण गर्ने प्रदेश २ का आठवटै जिल्ला सिसिटिभी क्यामरा जडान देखि को उपाय तस्करी रोक्न गरीरहेपनी तस्करी बानियाँ जस्ता इन्चार्जहरुको करण रूक्न सकेको छैन ।

डीआईजी गौतमको सोचेको र गरेको चोरी तस्करी नियन्त्रण गर्ने उदेश्य असफल देखिएको छ । स्रोतका अनुसार प्रहरी निरीक्षक बानियाँको भारत र नेपालका नामुद तस्कर गिरोहसंग गहिरो साटघाट रहेको छ ।

तस्करीको अवैध पैसाले आम्दानीको स्रोत बढेपछि बानियाँले नै माथिल्लो तहका प्रहरी अधिकारीहरूलाई समेत पैसा बुझाउने गरेकोले तस्करहरू उम्किने गरी भिस्वा नाकाबाट तस्करी गर्न छुट पाएका छन् ।

स्रोतका अनुसार तस्करीको लाइन दिन बानियाँले उठाएको पैसा सशस्त्र प्रहरीका जिल्ला तथा प्रदेशका उच्च अधिकारीसम्म दिने गर्छन् ।भिस्वा तस्करीको विषय धेरै सँचारमाध्यममा उजागर भएपछि भिस्वा बंजारी बीओपीका सबै टोली चेन्ज गरियो तर इन्स्पेक्टर बानियाँ लाई किन चेन्ज भएन ? के इन्चार्जले रोकेमा जवानले तस्करी गराउन सक्छन ।

के डिआईजी गौतमलाई यहाको तस्करीको विषय थाहा नभएको की देखेर पनि केही गर्न नसकिएको । कुनै ठूला दलका मन्त्री सँगको साठगाठ या निकट सम्बन्धको कारण बाँनियालाई  सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रा प्रकाश गौतमले केही गर्न नसक्ने बताउने गरेको स्रोतको भनाई छ ।

सशस्त्र प्रहरी बानियाँको सेट्टिंगमा तस्करी भइरहेको समाचार घरीघरी विभिन्न सँचारमाध्यमा तथा नेपालफेस अनलाइनले पटक – पटक समाचार प्रकाशित गर्दा समेत तस्करी नियन्त्रण या कुनै छानबिन भएको देखि दैन ।

बानियाँको ठूलो पहुँच र पावर भएको पर्सामा व्यापारी तथा जनता देखि प्रशासनमा समेत उनको कुरो चल्न थालिएको छ ।

मुलुकमा सिमानाका हुने गरेको तस्करी गतिविधि बन्द गराउने र देशको अर्थ बढाउने नाममा खटिने गरेको सशस्त्र प्रहरी संगठन भित्रै रहेका यस्ता भ्रष्ट प्रहरीले गर्दा सशस्त्र प्रहरीको संगठनकै नाम बदनाम हुने गरेको पाइन्छ ।

संगठनले दिएको निर्देशनलाई धज्जि उडाउदै पावरको गलत प्रयोग गरी आफ्नो वर्दीलाई कमाई खाने भाडो बनाएका छन ।

तसर्थ यस्ता भ्रष्ट प्रहरी अधिकारीलाई समयमै लगाम नलगाए आउने दिनमा देशको जनताले बोकेको सशस्त्र प्रहरी माथिको विश्वास उठदै गएको देखिन्छ ।

यस्तो गतिविधि तर्फ माथिल्लो सम्बन्धित निकायहरुको ध्यान जान यति अवशयक देखिएको छ।कोरोना शुरू भएसँगै सीमा सिल भएको एक वर्ष बितेको छ।

यसबीचमा सशस्त्र रहेको सीमा क्षेत्रमा तारबारसहितको ढाट लगाएर आवतजावत बन्द गरिएको छ। मुख्य सडकबाट आवतजावत बन्द भएपनि कोरोना बढेकै बेलादेखि चोरबाटोबाट भारत जाने र त्यहाँबाट नेपाल आउने क्रम रोकिएको पनि छैन।

उनीहरूको सहज आवतजावत अहिले पनि जारी छ।सरकारले भारतमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या बढेपछि सीमामा कडाइ गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको र कोभिड सङ्कट व्यवस्थापन समितिले पनि सीमाबाट आउजाउ गर्नेहरूको ज्वरो नाप्ने, विवरण राख्ने र आवतजावत गर्न नदिने निर्णय गरे पनि भिस्वामा त्यस्तो केही व्यवस्था गरिएको छैन।

यताका मान्छे उता जान्छन् र उताका मान्छे यता आउने गर्छन्।बीओपी प्रमुखले नै रक्शी खाई सधै ढल्ने कुरो बहिरिएको छ ।

भिस्वाका एक जना अस्थानियका अनुसार भिस्वा बन्जारि बिओपि इन्चार्ज स प्रः नि संजीव बाँनिया भिस्वामा रहेको रंगोली होटेल रेष्टुरेन्टमा बेलुका सधै जाड रक्शी खाई  ढल्छन तर उनको बडिगार्डको रुपमा  रहेको जवानले सधै उनलाई काखमा हालेर  मोटरसाइकलमा राखी बिओपि सम्म पुगाउने गर्छन ।

सम्बन्धित

ताजा अपडेट
प्रदेश सभा: राजेन्द्र महतोको ज्वाईं महासेठको तलब गैरकानूनी, रकम असुलन मलेपको निर्देशन
धनुषामा १२ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा ६० वर्षिय बृद्ध पक्राउ, बलात्कार गरेको भिडियो भाईरल
माओवादीको लालकिलामा एमालेको लहर !

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]