१७ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा धनुषाबाट एकजना पक्राउ परेका छन् ।
धनुषा जिल्लाकाे बटेश्वर गाउँपालिका वडा नम्बर ४ की एक १७ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा सोही स्थानका ३० वर्षीय विरेन्द्र साहलाई प्रहरीले पक्राउ गरेको हो ।
होली (सोमबार) का दिन दिउँसो होली खेल्ने बहानामा आफ्नै घरमा लगेर साहले किशोरीलाई बलत्कार गरेका थिए ।
बालिकाका आफन्तले मंगलबार बिहान प्रहरीमा उजुरी दिएपछि साहलाई मंगलबार बिहान पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
बलात्कार आरोपमा पक्राउ परेका साहमाथि प्रारम्भिक अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।