About Contact
१६ कार्तिक २०७७, आइतबार
Close
बिज्ञापन
जनकपुर प्रादेशिक अस्पतालमा बस्दैन डाक्टर ‘जागिर सरकारीमा, डिउटी प्राइभेट अस्पतालमा’

गोबिन्द महतो सोमबार, पौष २१, २०७६ मा प्रकाशित

featured photo: खोज केन्द्र

जनकपुरधाम । प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाम स्थित प्रादेशिक अस्पतालमा दिनको ठीक ११ बजेर ११ मिनेट भएको थियो । ओपिडी कक्ष बिरामीहरुले भरिभराउ थियो । तर एकआध चिकित्सक बाहेक अन्य कुनै पनि विशेषज्ञ चिकित्सक समयमै आईपुगेका थिएनन् ।

ओपिडी कक्षको १७ नम्बर कोठा फिजिसियन चिकित्सकहरु कोही पनि आईसकेको थिएनन् । मंगलवार क्रमश ः चिकित्सकहरु कुलदिप पण्डित, सिद्धिदात्री झा, रामेश्वर महासेठ, महेश महासेठ र रामदेव चौधरी लगायतका डयुटी थियो । तर एक जना पनि उपस्थित थिएनन् ।

यसरी ८ बजेदेखि पुर्जा कटाएर लाईन लागेको बिरामीहरु ११ बजे सम्म चिकित्सकको पखाईमा थिए । तर समयमै चिकित्सक नआउँदा कतिपय बिरामी फर्किएर नीजिमा जान बाध्य भएभने कतिपय डाक्टर कुरेर बस्न बाध्य भए । ‘सरकारी काम, कसरी जान्छ घाम’ भन्ने उखान जनकपुर प्रादेशिक अस्पतालमा लागु भएको सेवाग्राही दोश्रो दिन चेकजाँचका लागि आएका महोत्तरीका सृजना सिंहले गुनासो गरिन् ।

उनले भनिन, ‘८ बजेदेखि नै लामो विरामीको लाइन छ, तर अस्पतालमा कतै डक्टर भने फेला पर्दैनन, विरामी आउँछन् भएका नर्सले उनीहरुलाई हेरे भने हेरे नत्र उनीहरु निजी अस्पताल नै जान बाध्य हुन्छन् ।’ अस्पतालमा चिकित्सकको दरवन्दी नभएको हैन । स्वास्थ्य विभागका अनुसार प्रादेशिक अस्पतालमा केहि उकआध दरवन्दी बाहेक अन्य चिकित्सकको दरवन्दी पुरा छ । तथापी अस्पतालमा डाक्टर फेला पार्नु भनेको मन्दिरमा भगवान फेला पार्नु जस्तै भएको सेवाग्राही बताउँछन् ।

अस्पतालमा हाजिर गरेर टाप

गरिव दिन दुःखीको उपचारमा बसेर अस्पतालका डाक्टरलाई केहि फाईदा छैन । आफ्ना निजी क्लिनिक अनी अन्य थप आम्दानी हुने तर अस्पतालमा हाजिर गरेर टाप कस्न पाईने भएकाले अस्पतालमा डाक्टरको अभाव हुने गरेको स्थानीयको भनाई छ । उनले भने, ‘अस्पतालमा पुगेका विरामीले डाक्टर खै, भनेर सोधेमा नर्स उल्टै थर्काउन थार्काउछन, तपाईलाई उपचार गर्नुछ, की डाक्टर खोज्नुछ ।’

अस्पतालमा सेवाग्राहीहरुको गाली खाँदै काम किन गर्नु हुन्छ ? प्रश्नमा एक नर्सले नाम नबताउने शर्तमा भनिन, ‘हामी करारका कर्मचारी मेसु देखि बिकास समितिका अध्यक्ष सम्मलाई पैसा दिएर जागिर खाएका हौ, फोकटमा त भगवान दर्शन हुदैन, जागिरको त कुरा पररै जाओस् ।’ अस्पतालमा काम गर्न नर्सले मेसु देखि अस्पताल बिकास समिति सम्मलाई घुस दिएर करारमा केही दिन अघि भर्ना भएको बताईन् ।

इन्टर्न बिद्यार्थीको भरमा ल्याव तथा सिएम, एचएको भरमा धानेको प्रादेशिक अस्पताल चल्दा पनि बिकास समिति र मन्त्रालय प्रदेश मन्त्रालय भने बेखबर भएको धनुषा मिथिला नगररपालिकाका ८ का विश्वास बलम्पाकीले बताए । उनले भने, ‘सरकारी अस्पतालमा समस्या धेरै छ, हल कसरी गर्न भन्ने सोच कसैमा छैन, जसलाई समस्या परेको छ, उसले बोल्ने ठाउँ छैन् जसले समस्या समाधान गर्नुपर्ने हो, उसलाई वास्तै छैन, अनि समस्याको हल कसरी होस ?’ उनीहरु भन्छन, ‘हामीले सेवा कहिले पाउने ?

विरामी मरि रहने अस्पतालका डाक्टर आफ्नो नीजि क्लिनिक धाई रहने, मोटो रकम कमाई रहने खेल भै सकेको छ ।’

अस्पतालको शौचालय जान नहुने अवस्थामा रहेको छ । यसको सुधार एवं सफा गर्ने जिम्मा अस्पतालको हो, जसबाट रोग थप फैलन नदिन पनि अस्पताल हाता सफा राख्नु, शौचालय सफा एवं पानीको ब्यवस्था गर्नु अस्पताल प्रशासनको दायित्व भएपनि यस बापत खर्च भने हुने गरेको तर काम भने नहुने गरेको अर्को सेवाग्राही बटेश्वर गाउँपालिकाका देव मेहता बताउँछन् ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: कस्को योजनामा भयो पर्सा हत्याकाण्ड !
प्रधानमन्त्री ओली र प्रचण्ड: दश दिन भो नबोलेको !
मुस्लिम समुदायले पैगम्बरको आचरण अनुसरण गरुन : राज्यमन्त्री कुशवाहा

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]