About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
एटिएम बुथ ह्याक गरि पैसा निकाल्ने चिनियाँ नागरिक पक्राउ

खोज केन्द्र बुधबार, चैत्र १८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

एटिएम बुथ ह्याक गरि पैसा निकाल्ने चिनियाँ नागरिक पक्राउ परेका छन्।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार मंगलबार साँझ २९ वर्षीय चिनियाँ नागरिक वाङ सिआओलङलाई पक्राउ गरिएको हो। सिआओलङले एटिएम ह्याक गरी पैसा निकाल्न खोजिरहेका थिए।

उनी एटिएम मेसिनको किबोर्ड पिन नम्बर ह्याक गरी नगद निकाल्न खोजिरहेका थिए।

‘विभिन्न बैंकहरूको एटिएम बुथबाट अस्वाभाविक रुपमा कुनै व्यक्तिले रकम निकाल्न खोजेको सूचना पाएपछि प्रहरी पुगेको थियो,’ परिसर प्रमुख एसएसपी अशोक सिंहले भने, ‘यस क्रममा एक जना चिनियाँ पक्राउ गरिएको हो।’

सिआओलङ ज्याठास्थित होटल मोन्टिसमा बस्ने गर्थे। उनलाई पक्राउ गरी प्रहरी उनी बसिरहेको होटलको ४०५ नम्बर कोठा पुगेको थियो। त्यहाँ पुग्दा प्रहरीले विभिन्न सामग्रीहरू बरामद गरेको एसएसपी सिंहले बताए।

उनको साथमा १० थान एटिएम, पासपोर्ट, इन्टरनेट कनेक्टर, पेन्राइभ, हिडेन क्यामरा, ड्रिल मेसिन, चाइनिज युएन, अमेरिकी डलर र नेपाली रुपैयाँ बरामद गरिएको छ।

सम्बन्धित

ताजा अपडेट
प्रदेस २: एमालेमा गएका चार सांसद पदमुक्त
मिथिला लघुवित्तको सञ्चालकमा मन्दिरा आचार्य निर्वाचित
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]