About Contact
०४ जेठ २०७९, बुधबार
Close
बिज्ञापन
महोत्तरीको भंगहाबाट बेपत्ता ७ बालिका यसरी फर्काईंदै, घटना रहस्यमय !

खोज केन्द्र बुधबार, चैत्र १८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

महोत्तरीको भंगहा नगरपालिका–८, धर्मपुर टोलबाट हिजो दिउँसो बेपत्ता भएका ७ जना बालिका र १ जना किशोरी आज बोर्डरबाट ३५ किलोमीटर पर भारतको सीतामढी नजिकैबाट नेपाल फर्किँदै छन् ।

घाँस काट्ने नाममा हुल बाँधेर निस्किएका बालिकाहरू एकाध घण्टामै भारतको सीमावर्ती शहर सीतामढी नजिकै पुग्नु रहस्यमय भएको छ ।

धर्मपुरबाट भारतको सीतामढी ५० किलोमिटर टाढा पर्छ । बोर्डरबाट ३५ किलोमिटर टाढाको उक्त स्थानमा केटीहरूलाई कसले के उद्देश्यले लगेको थियो भन्ने यथार्थ उनीहरू फर्केपछि मात्र थाहा हुने प्रहरीले बताएको छ ।

हिजो छोरीहरू हराएपछि अभिभावकले प्रहरीमा तत्काल जानकारी गराएका थिए भने नेपाल प्रहरीले भिट्टामोड सीमा नाकामा खटिएको भारतीय प्रहरीलाई हुलियासहित जानकारी गराएको थियो । त्यहि हुलियाको आधारमा भारतीय प्रहरीले केटीहरूको समूहलाई सीतामढी नजिकै राती नै फेला पारेको व्यहोरा नेपाल प्रहरीलाई जानकारी गराएको थियो ।

महोत्तरीको जलेश्वर भन्सार पोष्टमा कार्यरत सशस्त्र प्रहरी बलका इन्सपेक्टर बिर्खबहादुर शाहीको टोली बालिकाहरूको उद्धारको निम्ति अहिले भारततर्फ गएको छ । हराएका बालिका र किशोरीहरूलाई आजै साँझसम्ममा परिवारको जिम्मा लगाइने बुझिएको छ ।

अकस्मात हराएर सीमावर्ती भारतीय शहर पुगेका बालिका तथा किशोरीहरूमा नगिना पासवान,रिया पासवान,अर्चना पासवान,ज्योति पासवान,रञ्जना पासवान,सीमा पासवान,रचना पासवान,अस्मिता पासवान हुन् । तीमध्ये दुईवटी १८ वर्षीया,दुई जना १५ वर्षीया,तीन जना १० वर्षीया र १३ वर्षीया एक जना हुन् ।

सम्बन्धित

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]