About Contact
३० चैत्र २०७७, सोमबार
Close
बिज्ञापन
प्रदेश २: बाल हेल्पलाईन सञ्चालन

खोज केन्द्र बुधबार, चैत्र १८, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

प्रदेश २ मा बाल हेल्पलाईन सञ्चालनमा आएको छ । मंगलबार महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुलीकुमारी महतोले जनकपुरधाम उपमहानगरपालिका मुजेलियास्थित कार्यालयको उद्घाटन गरी सञ्चालनमा ल्याएको हो ।

नेपाल सरकार र आसमान नेपालको संयुक्त सहकार्यमा कार्यालय सञ्चालनमा आएको छ । कार्यालय सञ्चालनमा आएसंगै बालबालिकालाई जोखिम कम हुने आक्लन गरिएको छ । कार्यालयले बालबालिकाको मौलिक अधिकारको लागि काम गर्ने कार्यालयकी संरक्षण अधिकृत किरण यादवले जानकारी दिइन् ।

यसयघि प्रदेश २ मा बालहेल्प लाईन नहुँदा विपदमा परेको बालकालिकालाई उद्धार गर्नसमेत कठिनाई भइरहेको थियो । अधिकृत यादवका अनुसार सिमासंग जोडिएको यस प्रदेशमा बालबालिका जोखिममा पर्ने गरेको भन्दै कार्यालयले त्यसता बालबालिकालाई तत्काल अवास गृहमा राखेर परिवारलाई जिम्मा लगाउने छन् ।

‘जोखिममा परेको बालबालिकालाई उजुरी र समाचारको अधारमा खोजी गरी पुनः परिवारलाई नै जिम्मा लगाउँछौं,’उनले क्षेत्राधिकार बारे जानकारी गराउँदै भनिन्, ‘तस्कारी हुन लागेको बालबालिका, निकृष्ट बालश्रम गरिरहेको बालबालिका, हराएका र जोखिममा परेको बालबालिकाको लागि काम गर्छौं ।’

प्रदेश २ मानव सुचाङ्कको तल रहेकाले पनि धेरैजसो बालबालिका निकृष्ट काम गर्न बाध्य रहेको उनले जानकारी दिईन् ।

सम्बन्धित

ताजा अपडेट
बन्ने भो सहिद नितु यादव स्मृति भवन, भौतिक मन्त्री सोनलद्वारा शिलान्यास
जउवा संघको निर्वाचनमा अतिरिक्त मतपत्र फेला, असन्तुष्ट द्वारा प्रदर्शन, चार जना घाईते
प्रदेश २: संसदीय दलको नेतामा साह चयन, माओबादी छोडेका चार प्रदेशसभा सदस्यहरु माथि कारबाही

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]