About Contact
०४ आश्विन २०७८, सोमबार
Close
बिज्ञापन
धनुषामा प्रहरी माथि आक्रमण, एक जना पक्राउ

खोज केन्द्र मंगलबार, चैत्र १७, २०७७ मा प्रकाशित

featured photo: खोज केन्द्र

धनुषामा ड्युटीमा खटिएको प्रहरी कर्मचारीमाथि बोतल प्रहार गरेको अभियोगमा एकजना युवकलाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा धनुषाको लक्ष्मिनियाँ गाउँपालिका–६ निकाल बस्ने ३० वर्षीय सन्तोष शर्मा छन् ।

क्षिरेश्वरनाथ नगरपालिका–६ सखुवा चोकमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाबाट ट्राफिक सहित खटिएको प्रहरीले ज.१२ प ५०१४ नम्बरको मोटरसाइकललाई हेलमेट नलगाएको कारण उनलाई रोक्न खोजेको थियो ।

तर मोटरसाइकल नरोकी ट्राफिक प्रहरी जवानलाई सामान्य ठक्कर दिई जनकपुरतर्फ फरार भएपछि प्रहरीले पछ्याउँदै सोही नगरपालिका हरैया चोकमा उक्त मोटरसाइकल फेला पारी नियन्त्रणमा लिएको थियो ।

मोटरसाइकललाई कार्यालयतर्फ ल्याउने क्रममा मोटरसाइकलमा सवार सन्तोषले प्रहरीमाथि अचानक खाली बियरको बोतलले प्रहार गर्दा २ जना प्रहरी कर्मचारी घाइते भएको र महेन्द्रनगर हेल्थकेयरमा उपचार पश्चात उनीहरू डिस्चार्ज भएका छन् ।

हाल फरार रहेका अन्य व्यक्तिहरूको प्रहरीले खोजी गर्नुको साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
भारत सरकारद्वारा ४२ लाख बराबरको राहत सामग्री रुपन्देहीका बाढिपहिरो पीडितलाई
संसोधन पछि मात्र एमसिसि पास हुन्छ : प्रचण्ड
क्षिरेश्वरनाथ नगरपालिकामामा भ्रष्टाचारको चांङ्ग, साढे ९ करोड बेरुजु

लोकप्रिय

Click Here

हाम्रो बारेमा

khojkendra.com अनलाईन पत्रिकाले नेपालीको साझा आवाजको रुपमा आफ्नो सामाचार सम्प्रेषण गर्ने छ ।

Social Media

टिमहरु

सम्पादक:राजकमल सिंह
सह-सम्पादक:शिबेन्द्र यादव
सल्लाहकार:ईश्वर चन्द्र झा
IT:सुरेन्द्र सिंह (कुशवाहा)

Contact

OBT Media Pvt.Ltd
Bhanu Chauk, Janakpur
Mobile:9801206555
Email:[email protected]